शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेस्तोल बेच्ने एक युवक पक्राउ

शुक्रबार, १२ असार २०७७, १६ : १५
शुक्रबार, १२ असार २०७७

जनकपुर । धनुषामा एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बाभनविघाबाट उनी पक्राउ परेका हुन् । जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा बसोबास गर्दै आएका १७ वर्षीय श्याम सहनीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई कटुवा पेस्तोल बिक्री वितरण गर्न आउने क्रममा प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । पेस्तोलसहित पक्राउ परेका सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाएको छ भने आवश्यक अनुसन्धान अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप