केन्द्रीय संस्करण

महिलाहरुका लागि क्वारेन्टिन सुरक्षित र व्यवस्थित बनाउन निर्देशन

महँगो कार्पेटभन्दा स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न सांसदहरुको सुझाव

person explore access_timeअसार १२, २०७७ chat_bubble_outline0

संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टिनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौंन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् ।

सांसदहरुले क्वारेन्टिनहरु व्यवस्थित नभएको गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको बताएका छन् । सांसद अमृता थापाले सुत्केरी महिलाहरुको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेसनमा समस्या हुने गरेको बताइन् । उनले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताइन् । महिलाहरु रहेको क्वारेन्टिनको सुरक्षाका लागि महिला प्रहरीको आवश्यकता रहेको उनको भनाइ थियो । उनले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने सुझाव दिइन् ।

सांसद हिरा गुरुङले क्वारेन्टिनहरुमा महिलामाथि हिंसाका घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गरिन् ।

सांसद महेन्द्र कुमारी लिम्बुले महिलामाथि हुने हिंसाका घटनाहरुमा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्ने पर्ने बताइन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत सहभागि कार्यक्रममा अर्का सांसद गंगा चौधरीले क्वारेन्टिनमै महिलामाथि हिंसाका घटनाहरु बढिरहेको भएपनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको बताइन् । लक ाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभएपनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै उनले प्रश्न गरिन् । उनले महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न आग्रह गरिन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.