केन्द्रीय संस्करण
डाक्टरका कुरा

के प्रधानमन्त्रीले भनेजस्तै नेपालीको इम्यूनिटी पावर साँच्चिकै गजबको छ त ?

बेसार पानी खाएर हाच्छ्यूँ गर्दा कोरोना भाग्ने कुरा कत्तिको सही छ ? यसो भन्छन् जनस्वास्थ्य विज्ञ डा. पाण्डे

person explore access_timeअसार १२, २०७७ chat_bubble_outline0

केहीदिन अघि संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण र नेपालीहरुको इम्यूनिटी पावरबारे लामो प्रवचन दिए । उनले नेपालीहरुको रोग प्रतिरोधी क्षमता (इम्यूनिटी पावर) बलियो भएकै कारण कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्त न्यून रहेको बताए । यतिमात्र होइन, उनले बेसार पानी खाएर हाच्छ्यूँ गर्दा कोरोना भाग्नेसम्म बताए ।

कोरोनाभाइरसको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा नेपाली परम्परागत उपचार पद्धतिबाट पनि कोरोनाभाइरसको उपचार गर्न सकिनेबारे बहस चलिरहेको बेला प्रधानमन्त्रीका कुरामा केही सत्यता भए पनि वैज्ञानिक आधारबिना बोल्दा उनी ‘ट्रोल’को शिकार बन्न पुगे ।

गत चैतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटीको नियमित सेवन गर्न आह्वान नै गरेको थियो । विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन नेपाली जडीबुटी गुर्जो, दालचिनी, मरिच, तुलसी, असुरो, तेजपात, बेसार, सुठो लगायतको नियमित सेवन गर्दा फाइदा मिल्ने बताएको थियो । यी जडीबुटीमा ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण हुने हुँदा फाइदाजनक भएकाले सबैले नियमित सेवन गर्दा रोग प्रतिरोधी क्षमता विकास हुने विभागले बताएको थियो ।

कोरोनाको उद्गमस्थान चीनलगायतका देशले कोरोनाको उपचारमा परम्परागत उपचार पद्धति अवलम्बन गरिरहेका छन् भने नेपालमा पनि संक्रमितहरुले यही पद्धतिको प्रयोगबाट आफू कोरोनामुक्त भएको बताइरहेका छन् । के बास्तवमै नेपालीको रोग प्रतिरोधी क्षमता बलियो छ ? अनि कोरोनाको उपचारका लागि नेपालकै स्थानीय उपचार पद्धति कति प्रभावकारी छ त ? नेपालमा लामो समय जनस्वास्थ्यको क्षेत्रमा अध्ययन अनुसन्धान गरेका र कोरोना महामारीपछि यसबारे गहिरो अध्ययन गरिरहेका जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेसँग यिनै विषयमा हामीले कुराकानी गरेका छौं ।

नेपालीमा रोग प्रतिरोधी क्षमता बलियो छ ?

प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधी क्षमता बलियो छ भन्नु सकारात्मक पक्ष हो । यदि प्रधानमन्त्रीले नेपालीको रोग प्रतिरोधी क्षमता कमजोर छ भन्नुभएको भए हामी साँच्चीकै कमजोर पो छौं कि भन्ने भिन्न खालको मनोविज्ञानको विकास हुन जान्थ्यो र त्यसको झन् धेरै विरोध हुन्थ्यो ।

नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ भन्ने आधारहरु नभएका होइनन् । प्रधानमन्त्रीले नेपालीको रोग प्रतिरोधी क्षमता बढी हुनुमा वैज्ञानिक कारण भन्न सकेको भए सायद विरोध हुने थिएन ।

नेपालीको रोग प्रतिरोधी क्षमताका बारेमा अहिलेसम्म कुनै अनुसन्धान नभए पनि नेपालीको प्रतिरोधी क्षमता बलियो छ भन्ने केही आधारहरु भने छन् । नेपालीको प्रतिरोधी क्षमता बलियो छैन भन्ने आधारबारे पनि अहिलेसम्म कुनै अनुसन्धान भएको छैन ।

नेपालीको रोग प्रतिरोधी क्षमता बढी छ भन्नुमा एउटा कारण ‘डर्ट इम्यूनिटी’ हो । डर्ट इम्यूनिटी भनेको जो बालबालिकाहरु हिलो, धुलो अनि माटोसँग खेलेर हुर्किएका वा प्रकृतिसँग खेलेर हुर्किएका हुन्छन्, ती बालबालिकामा धेरै रोगहरुसँग लड्न सक्ने क्षमता हुन्छ । नेपालको भूगोल र यहाँको रहनसहनले पनि नेपालीमा डर्ट इम्यूनिटी छ भन्ने प्रष्ट पार्छ ।

दोस्रो कारण भनेको नेपालीहरु प्रायः ताजा खाना खान्छन्, बिहानको बिहानै बनाएर, दिउँसोको लागि दिउँसो नै बनाएर र साँझको लागि साँझ नै बनाएर । हामी जतिबेला खाने हो, सोही समय पकाएर खान्छौं । पाकिसकेका खानालाई लामो समय फ्रिजिङ गरेर खाने चलन नेपालमा कमै छ । यसले पनि इम्यूनिटी पावर बढाउन सहयोग गरिरहेको हुन्छ । र, हामी प्रायः खाना पकाएर खान्छौं । काँचो मासु खादैनौं । कतिपय देशमा काँचो मासु खाने चलन छ भने धेरै देशमा जंक फुड वा रेडिमेड फुड खाने चलन छ । पकाएर खाएपनि ब्वाइल खाना खाने चलन छ ।

अर्को कारण भन्नुपर्दा, हाम्रो भान्सामा विभिन्न प्रकारको मसलाको प्रयोग हुन्छ । हाम्रो भान्सामा प्रायः प्रयोग हुने लसुन, प्याज, अदुवा, ज्वानो, तेजपात, दालचिनी, मरिच, बेसार, ल्वाङ, सुकमेल, जाइफल, तुलसी लगायतका सबैमा एन्टिसेप्टिक, एन्टिभाइरल, एन्टिएन्फ्लामेटरी लगायतका तत्वहरु पाइन्छन् ।त्यसैगरी, हामीले धेरै भेराइटी मिलाएर खाना खान्छौं जसमा थुप्रै पोषक तत्व हुन्छ । हामी प्राकृतिक खाना बढी खान्छौं । यसले पनि इम्यूनिटी पावर बढाउन मद्दत गरिरहेको हुन्छ ।

अमेरिका, यूरोपतिरका नागरिकमा फूल फुल्ने बेलामा, घाँस उम्रिने बेलामा अनि पानी पर्दा एलर्जी हुने र रुघा–खोकी लाग्ने गर्छ । मौसमी रुघा–खोकीले मात्र विश्वमा वर्षेनि साढे चार लाखदेखि छ लाखसम्म मानिसको ज्यान जान्छ भने अमेरिकामा मात्र ८० हजार बढीको ज्यान जान्छ । तर, नेपालमा रुघाले मानिसको मृत्यु भएको सुनिदैन । यसको कारण हो– हामी प्रकृतिसँग नजिक छौं ।

हामी उकालो–ओरालो धेरै गर्छौं अनि धेरै हिड्छौं, केही शहरिया जीवनशैली बाहेक । पहाडी भेगका नागरिक हरेक दिन भारी बोकेरै उकालो–ओरालो गर्छन् । अन्य देशमा कहिलेकाँही हाइकिङ गर्नेबाहेक हिँडडुल, अझ उकाली–ओराली गर्ने कमै हुन्छन् । नेपालीहरु हप्तौंसम्म लगातार हिँड्ने हिम्मत राख्छन् र हिँड्छन् पनि । लकडाउन सुरु भएसँगै थुप्रै नेपाली हप्तौँ हिडेरै घर गए । यो स्टामिना उनीहरुमा बालककालदेखि नै आएको हो ।


र, अर्को मुख्य कारण भनेको हाम्रो भौगोलिक बनावट पनि हो । हामी उकालो–ओरालो धेरै गर्छौं अनि धेरै हिड्छौं, केही शहरिया जीवनशैली बाहेक । पहाडी भेगका नागरिक हरेक दिन भारी बोकेरै उकालो–ओरालो गर्छन् । अन्य देशमा कहिलेकाँही हाइकिङ गर्नेबाहेक हिँडडुल, अझ उकाली–ओराली गर्ने कमै हुन्छन् । नेपालीहरु हप्तौंसम्म लगातार हिँड्ने हिम्मत राख्छन् र हिँड्छन् पनि । लकडाउन सुरु भएसँगै थुप्रै नेपाली हप्तौँ हिडेरै घर गए । यो स्टामिना उनीहरुमा बालककालदेखि नै आएको हो । नेपालमै पनि शहरिया जीवनशैलीमा हुर्किएका बालबालिकामा भने स्टामिना कम देखिन्छ । तर गाउँघरमा हुर्किएकाहरुमा स्टामिना बलियो छ ।

भुटानमा कोरोनाका कारण मृत्यू हुनेको संख्या सुन्य छ । कारण हो, त्यहाँको भू–बनोट र रहनसहन नेपालकै जस्तो छ । सिक्किम, दार्जिलिङतिर पनि उस्तै छ । हाम्रो जीवनशैलीले हाम्रो शरीरको इम्यून सिस्टम निर्धारण गर्छ । नेपाल, भुटान, सिक्किम अनि बर्मासम्मका नागरिकको अवस्था हेर्ने हो भने अहिलेसम्म सुरक्षित देखिएका छन् । यतिबेला यो अनुसन्धानको प्रमुख विषय बन्न सक्छ ।

वास्तवमै भाइरसको संक्रमणबाट मानवीय क्षति नहुनुमा हाम्रो रहनसहन र हाम्रो शरीरको इम्यून सिस्टम नै हो भन्ने कुरालाई अनुसन्धान गर्ने सही समय हो यो । नेपाल सरकारले यही मौकामा यो विषयमा अनुसन्धान गर्ने हो भने हामीले नयाँ नयाँ तथ्यहरु बाहिर ल्याउन सक्छौं ।

अर्को महत्वपूर्ण पक्ष भनेको हामीले आफूमा विश्वास गर्नुपर्छ । हामीले आफ्नो इम्यूनिटी पावरमा विश्वास गर्नुपर्छ । हामीले आफूमा इम्यूनिटी पावर छैन भन्नलाई के अनुसन्धान भएको छ र ? हामी सुरक्षित छौं, यसको मतलव हामीमा इम्यूनिटी पावर छ र त्यसले हामीलाई आत्मविश्वासी बनाएको छ । कुनै पनि रोग तथा महामारीबाट बच्ने अर्को महत्वपूर्ण पक्ष भनेको आत्मविश्वास पनि हो ।

बेसार तथा स्थानीय जडीबुटीको उपयोगिता

https://cdn.shopify.com

बेसार अनि स्थानीय उपचार पद्धतिबारे सबैको आ–आफ्नै धारणा हुन्छन् । धेरैजसो गरिव देशको स्वास्थ्य मन्त्रालय डब्लुएचओको गाइडलाइनअनुसार मात्र चलेको पाइन्छ । विकसित देशहरुले भने डब्लुएचओको निर्देशन मात्र फलो गर्दैनन्, उनीहरुसँग आफ्नै विज्ञ टोली हुन्छ र आफै समस्याको हल निकाल्छन् । भन्न खोजेको के भने डब्लुएचओले आफ्नो सिद्धान्त र आफ्ना गाइडलाइनलाई स्थापित गर्नका लागि प्रयास गर्छ तर सबैले यसलाई हुवहु मान्नुपर्छ भन्ने छैन ।


बेसार अनि स्थानीय उपचार पद्धतिबारे सबैको आ–आफ्नै धारणा हुन्छन् । धेरैजसो गरिव देशको स्वास्थ्य मन्त्रालय डब्लुएचओको गाइडलाइनअनुसार मात्र चलेको पाइन्छ । विकसित देशहरुले भने डब्लुएचओको निर्देशन मात्र फलो गर्दैनन्, उनीहरुसँग आफ्नै विज्ञ टोली हुन्छ र आफै समस्याको हल निकाल्छन् ।

भन्न खोजेको के भने डब्लुएचओले आफ्नो सिद्धान्त र आफ्ना गाइडलाइनलाई स्थापित गर्नका लागि प्रयास गर्छ तर सबैले यसलाई हुवहु मान्नुपर्छ भन्ने छैन । डब्लुएचओले पनि समयसमयमा आफ्ना धारणा फेरिरहेको हुन्छ । किनकि यो रोग नयाँ छ, डब्लुएचओले पनि अन्य अनुसन्धानको आधारमा गाइडलाइन बनाउने हो । बिकसित देशको लागि बनाएको गाइडलाइन हामीजस्तो स्रोतसाधन तथा जनशक्ति कम भएको देशमा कम उपयोगी हुनसक्छ । तसर्थ हाम्रो देशका कोरोना संक्रमणका बिरामीको अध्ययन गरेर हामी थप परिमार्जित हुनुपर्दछ  ।

त्यस्तै हरेक देशका आ–आफ्नै स्थानीय पद्धति छन्, त्यो निकै उपयोगी साबित भएका पनि छन् । चाइनाले कोरोनाको उपचारमा आफ्नै परम्परागत उपचार पद्धतिको पनि प्रयोग गरेको छ । भारतलगायतका अन्य देशले पनि त्यही गर्दै आइरहेका छन् ।

जस्तो, नेपालमा मृत्यु पश्चात जलाउने संस्कार छ तर विदेशी गाइडलाइनले गाड्नुपर्ने भनिदिएको छ र अहिले नेपालले पनि त्यसैलाई अनुवाद गरेर गाड्न थालेको छ । जलाउँदा १०० प्रतिशत नै नष्ट हुने हुँदा यो पद्धति धेरै सुरक्षित छ । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई गाड्दा उक्त क्षेत्रबाट मानिसहरु लामो समयसम्म हिँडडुल नै नगर्ने हुनाले यसले लामो समयसम्म मानिसमा नकारात्मक असर परिरहने देखिन्छ । देख्दा समान्य देखिए पनि मनोसामाजिक असर परिरहन्छ । विदेशी संस्थाले केका लागि भनिरहेको हो, बुझ्न जरुरी छ । भारतलाई हेरौं न, भारतले आफ्नो धार्मिक मान्यताअनुसार शव व्यवस्थापन गरिरहेको छ, जलाइरहेको छ । यसको तात्पर्य हामीले आफ्नो संस्कारअनुरुप गर्नु उपयुक्त हुन्छ ।

नेपालमा संक्रमणमुक्त भएकामध्ये ९० प्रतिशतले आफ्नै घरमा बन्ने औषधिको सेवनबाट निको भएको बताएका छन् । धेरैले गुर्जो, लसुन, अदुवा, बेसार, ज्वानो, तुलसी पकाएर तातोपानी खाएर ठिक भएको भनेका छन् ।

संक्रमितको उपचारमा अन्य देशले विभिन्न औषधिहरु चलाएका छन् भने नेपालमा अहिलेसम्म सिटामोललगायत सामान्य औषधि बाहेक कुनै अन्य औषधि चलाउनु परेको छैन । यसबाट पनि देखिन्छ कि हाम्रो आफ्नै उपचार पद्धतिले पनि काम गरिरहेको छ । हामीले किन अरुलाई मात्र फलो गर्ने ? आफ्नै स्थानीय जडीबुटी तथा घर आँगनमा पाइने वनस्पतिको प्रयोग गरेर किन नहेर्ने ? हाम्रो परम्परागत उपचार पद्धतिलाई किन प्रयोग नगर्ने ?

कुरा यहाँ प्रधानमन्त्रीले भन्नुभएको बेसार–पानीको छ । बेसारबारे जे–जस्तो हल्ला भए पनि बेसार मानव स्वास्थ्यका लागि निकै फाइदाजनक छ र यो तथ्य नेपालमा संक्रमण मुक्त भएकाहरुको भनाइबाट पनि प्रष्ट हुन्छ । अनि हामीले नेपाली परम्परागत उपचारले कोरोना निको हुन्छ भनेर भन्ने आधार छैन भन्न मिल्दैन । नेपाली परम्परागत उपचारले कोरोना निको हुँदैन भनेर भन्ने आधार पनि त कसले अुनसन्धान गरेको छ र यहाँ ? हामीले त अहिलेसम्मको अभ्यासको आधारमा नै भन्ने हो नि ।

हामीले नै गाउँघरमा रुघाखोकी लाग्दा कहिल्यै औषधि खायौं र ? बेसार, अदुवा, जिरा, मरिच, ज्वानो, तुलसी आदि पकाएर पानी खाएर नै निको पार्दै आएका हौं नि । अहिले पनि हरेक नेपालीको भान्सामा बच्चादेखि वृद्धसम्मले यही पद्धति अवलम्बन गर्छन् । भनेपछि हामीले यो गलत भन्न मिल्दैन ।

प्रधानमन्त्रीले आफैले भन्नुभन्दा विज्ञहरुमार्फत भनेको भए त्यो अलि विश्वसनीय हुन्थ्यो । जस्तोः अमेरिकी राष्ट्रपतिले केही भन्नुपर्दा साथमा विज्ञ राखेर विज्ञबाट जानकारी लिएरमात्र बोल्छन्, कि त विज्ञलाई बोल्न लगाउँछन् । अनि पो जनताले विश्वास गर्छन् । हामीकहाँ त्यो संस्कार भएन, जसको परिणाम आज देखिएको छ ।


प्रधानमन्त्रीले आफैले भन्नुभन्दा विज्ञहरुमार्फत भनेको भए त्यो अलि विश्वसनीय हुन्थ्यो । जस्तोः अमेरिकी राष्ट्रपतिले केही भन्नुपर्दा साथमा विज्ञ राखेर विज्ञबाट जानकारी लिएरमात्र बोल्छन्, कि त विज्ञलाई बोल्न लगाउँछन् । अनि पो जनताले विश्वास गर्छन् । हामीकहाँ त्यो संस्कार भएन, जसको परिणाम आज देखिएको छ । हाम्रो देशमा यस्तो महामारीको समयमा पनि कुनै विज्ञ समुह गठनगरिएको छैन । प्रधानमन्त्रीले केही समय पहिला विज्ञहरुलाई बोलाएर छलफल त गर्नुभयो तर हामीले विगतदेखि भन्दै आएका कुराहरु सधैँ ओझेल मै परे ।

अहिले हर्वल औषधिमा धेरै प्रगति भएको छ । जस्तोः मदगासकरमा तितेपाती, भिटामिन सी, लोठसल्लो र मह मिलाएर कोभिड अर्गानिक भनेर औषधि नै बनाइएको छ । त्यहाँको राष्ट्रपतिले पिएको विज्ञापन नै गरिएको छ र त्यहाँ मृत्युदर अत्यन्त न्यून छ । अफ्रिकाभरी यो औषधिको निकै ठूलो डिमान्ड छ अहिले । त्यसैगरी, श्रीलंकामा पनि हाम्रोजस्तै अदुवा, बेसार, लसुन, ज्वानो लगायतको व्यापक अभाव छ । यी सामान ब्ल्याकमा विक्री वितरण भएका छन् । श्रीलंकाले अहिले निम र बेसारबाटबाट कोरोनाको उपचार गरिरहेको छ । चीनले कोरोनाको उपचारमा प्रयोग गरेको परम्परागत पद्धतिमा जेठी मधु, जुन एन्टिभाइरल भएको भनिएको छ र यो हाम्रो देशमा पनि पाइन्छ । भारतमा पनि रामदेवले बनाएको भनिएको औषधिमा तुलसी, गुर्जो र अश्वगन्धा प्रगोग भएको छ । भलै भारतले यसलाई प्रतिवन्ध लगायो । तर यसको प्रयोगले भाइरस नष्ट नभए पनि मानिसलाई नकारात्मक असर गर्दैन, बरु फाइदा नै गर्छ । ती घटकलाई सप्लिमेन्टको रुपमा प्रयोग गर्न सकिन्छ ।

कोरोनाभाइरसको कुनै औषधि अनि खोप पत्ता नलागेको अवस्थामा हामीले यस्तै स्थानीय वा परम्परागत औषधि अनि उपचार पद्धति अवलम्बन गर्दा फाइदा नै देखिएको छ । यसबारे अनुसन्धान गर्न जरुरी छ । चाइनाले सार्सको बेलामै परम्परागत उपचारबारे अनुसन्धार गरेको थियो र अहिले त्यसैको प्रयोग व्यापक ग¥यो, जसले गर्दा कोरोनालाई छिट्टै जित्न सक्यो ।

 

https://cdn.dnaindia.com

हामीले पनि हाम्रो भान्सामा पाइने गुर्जो, अमला, अश्वगन्धा, तुलसी, दालचिनी, बेसार, ज्वानो, कागती, महलगायतबारे अध्ययन गर्न अत्यन्तै जरुरी छ । यो बेला विरोधभन्दा अनुसन्धान गरी समस्याको समाधानमा लाग्नु जरुरी छ । यसले अर्को महामारीलाई नियन्त्रण गर्नको लागि आधार खडा हुन्छ ।


त्यसैगरी हामीले पनि हाम्रो भान्सामा पाइने गुर्जो, अमला, अश्वगन्धा, तुलसी, दालचिनी, बेसार, ज्वानो, कागती, महलगायतबारे अध्ययन गर्न अत्यन्तै जरुरी छ । यो बेला विरोधभन्दा अनुसन्धान गरी समस्याको समाधानमा लाग्नु जरुरी छ । यसले अर्को महामारीलाई नियन्त्रण गर्नको लागि आधार खडा हुन्छ ।

हामीले पनि कसैलाई कोरोना संक्रमण छ भने घरेलु उपचार गर्ने, निको नभएमा मात्र अस्पताल आउनुस् भन्ने हो भने बिरामीको आत्मबल बढ्छ र निको हुन सहयोग मिल्छ । यो समय भनेको अत्मबल बढाउने हो । अनि हामीकहाँ जति पनि निको भएका छन्, उनीहरुको अनुभव सुन्नु पनि पर्छ ।

के नेपालमा कोरोनाबाट हुने मृत्युदर न्यून हुनेछ त ?

अब मृत्युको आँकलन गर्दा हाम्रो औसत आयु ७१ वर्ष छ । यूरोप अमेरिकामा ८५ देखि ८६ वर्षसम्मको छ । ८० वर्ष काटेको जनसंख्या नेपालमा जम्मा १ प्रतिशत छ भने अन्य देशमा १५ देखि २० प्रतिशत छ । त्यसैगरी ६५ वर्ष काटेको नेपालको जनसंख्या ५.४ प्रतिशत छ भने अन्य देशमा ७० वर्ष काटेका जनसंख्या २० देखि २५ प्रतिशत छ । कोरोनाले ६५ वर्षमाथिकालाई धेरै असर गरेको देखिन्छ । मृत्यु हुनेमा पनि दीर्घ रोगी, वृद्धवृद्धाहरु धेरै भएकाले नेपालमा स्वाभाविक रुपमा मृत्युदर न्यून हुने अनुमान गर्न सकिन्छ ।

तर नेपालमा कोरोनाले भन्दा पनि अन्य समस्याले मृत्यु हुनेहरु बढेका छन् । यो दुःखद छ । संक्रमणले भन्दा अन्य कारणबाट हुने मृत्यु रोक्न समयमै उचित कदम चाल्नुपर्ने देखिन्छ ।

दीर्घरोगको उपचार, सुरक्षित प्रसव, आत्महत्या न्यूनीकरण, बालबालिकालाई खोपको निरन्तरता, क्षयरोगको उपचार आदिलाई प्राथमिकतामा अहिले पनि राख्नुपर्दछ । हामीकहाँ कोरोना संक्रमणको मृत्युदर अहिलेसम्म जम्मा ०.२५प्रतिशत छ । यो भन्दा उच्च मृत्युदर भएका धेरै रोग छन्, हामीले ती रोगलाई ओझेलमा पार्दा जोखिम झन् बढेको छ ।

त्यस्तै मास्क नलगाउनेलाई विदेशतिर जरिवानाको व्यवस्था छ, भौतिक दुरीको अनुगमन हुन्छ, ५ जनाभन्दा धेरै सँगै हिंड्न पाइदैन । हात धुने हरेक ठाउँमा ब्यबस्था छ । मास्क, टिस्यु पेपर आदि जहाँ पायो त्यहिँ फाल्न पाइंदैन । थुक्यो भने कारबाही हुन्छ । हामीकहाँ यी नियममा कडाइ गरिएको छैन । दुखका साथ भन्नुपर्छ, अहिलेसम्म कोरोना नियन्त्रण सरकारको प्राथमिकतामा परेको छैन । अझै सरकार गम्भीर देखिएको छैन । ४० लाख जनसंख्या भएको काठमाडौंमा आवतजावतलाई नियमन गरिएको छैन । परिक्षणको दायरा निकै साँघुरो छ ।

हामी नेपालीको सहने शक्ति धेरै छ । भूकम्प, नाकाबन्दीमा पनि हामीले हाँसेर, एक अर्कालाई सहयोग गरेर सजिलै पार गर्यौं । कोरोना कहरलाई पनि हामी सबै एकताबद्ध भएर पार पाउनेछौं । आत्मबलको पहाड सामु क्यान्सर त होंचो देखिन्छ भने कोरोना त कमजोर भाइरस हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.