बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ५ दिनमा बढे ८० हजार कोरोना संक्रमित

शुक्रबार, १२ असार २०७७, ०९ : ५१
शुक्रबार, १२ असार २०७७

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ । यहाँ पछिल्लो पाँच दिनमा ८० हजार संक्रमितको वृद्धि भएको छ । यसमा दिल्ली, महाराष्ट्र र तमिलनाडुमा ५० हजार ७ सय १ संक्रमित भेटिएका छन् । यो संख्या ७० प्रतिशतभन्दा बढी हो । महाराष्ट्रमा पछिल्लो पाँच दिनमा १९ हजार ५ सय ३६, दिल्लीमा १७ हजार ३४ र तमिलनाडुमा १४ हजार १ सय ३१ संक्रमित भेटिएका छन् । यो आँकडा कोभिड१९इन्डिया डट ओआरजीमा आधारित छ ।

उता  बिहिबार एकैदिन कोरोना संक्रमितको संख्या १८ हजार १ सय ८५ को सर्वाधिक वृद्धि भएको छ । महाराष्ट्रमा पनि सर्वाधिक ४ हजार ८ सय ४२ व्यक्तिमा संक्रमण देखियो । यहाँ हालसम्म १ लाख ४७ हजारभन्दा बढी संक्रमित छन् । महाराष्ट्रमा कोरोनाका कारण ६ हजार ९ सय ३१ को मृत्यु भएको छ ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप