केन्द्रीय संस्करण
कोरोना कैरन– २३

कोरोना गुञ्जन वाचाल, म अवाक्–अवाक्

person explore access_timeअसार १२, २०७७ chat_bubble_outline0

म तर्सेर बिउँझिएँ  । तन्द्रामा मलाई रमरम चेत भयो— कानमा केही गुनगुन–गुनगुन गरिरहेछ । सम्झेर ल्याउँदा यो परिचित झिँगो होइन । चिनिएको लामखुट्टे पनि होइन यो । आखिर यो हो के त ? आवाज बिरानो छ, कहिल्यै कतै नसुनेको जस्तो । सपना हो कि विपना हो यो ? मैले आफूलाई यसो छामेँ । म मै हुँ । आफ्नै ओछ्यानमा लमतन्न सुतेको छु म । रात अन्धकार छ । समय ठीक छैन । सर्वत्र कोरोना महामारी व्याप्त छ । अरे, मेरा कानमा केको आवाज हो यो ? मलाई भित्रभित्रै डरले गाँजेर ल्यायो । गुनगुन–गुनगुन । ‘हुँ, हिँ, हुँर्र, इँर्र, उइँ, हुइँ, याँ, फ्याँ ।’ आवाज कर्कश छ । आवाज निर्मम छ । आवाज आक्रामक छ । लक्षण राम्रो छैन । के भाउँतो आइलाग्यो यो ?

‘ए हजुर !’ बिरानो आगन्तुक बोल्यो । बोली सुन्दा मान्छेको छ, स्वर छ उल्कै अनौठो । के हो यो ? प्रत्युत्तरमा ओठ खोलूँ कि सास दबाएर सुतूँ म ? मेरो बेचैन मन दोमन भयो ।

‘ए हजुर, सानो बिन्ती बिसाऊँ कि भनेर म आको ।’

‘को म ?’

‘म रत्न गुञ्जन कोरोना भाइरस ।’

ल हेर ! नाम छ रत्न गुञ्जन, भन्छ— म कोरोना भाइरस हुँ ।

‘कोरोना भाइरस रे ?’

‘हुँ, हिँ, हुँर्र, इँर्र, उइँ, हुइँ, याँ, फ्याँ ।’

ए गाँठ्ठे ! जेको डरले ढोका थुनेर म गृह क्वोरेन्टाइनमा कैद भएँ, त्यो मलाई खोजीखोजी अहिले घरैमा आयो । जेले बिताउला कि भनेर मैले मास्कभित्र नाक र मुख लुकाएँ, त्यो अहिले मेरो ओछ्यानमै घुस्यो । जेबाट जोगिन म चङ्ख भएर मान्छेदेखि अलग्गै हिँडेँ, त्यो अहिले मेरो कान छुनछुन खोज्दै गुनगुनाउँदै छ ।  आखिर किन ? सुटुक्क मेरो ज्यानमा सल्किन ? सत्तरी नाघेको मेरो निम्छरो फोक्सो छियाछिया पार्न ? र, कत्रो संयोगले पाएको मेरो एकबारको जुनी सुलुक्क निल्न ? सपनाको सपनामा पनि नचिताएको यो आपतकालमा मलाई हठात् लसुन, अदुवा र बेसारको याद आयो । खै, छेउको टेबुलमा ती छैनन् । यो बोसीय, फ्याटीय तत्वलाई मिचेर पेल्ने मनतातो पानी ? खै, मेरो छेउछाउमा त्यो पनि छैन । बङ्गालको खाडीबाट उडेर, हिमालमा ठोक्किएर, शिलाजित छुँदै, यार्सागुम्बा चुम्दै, चिराइतो सुँग्दै बगेर आएको जडीबुटीय स्टामिनाबर्धक औषधीमय पानी ? खै, त्यो पनि छैन । असहाय र निरुपाय यो क्षणमा मलाई बालुवाटारतिर फर्केर गुहार माग्दै चिच्याउन मन लाग्यो— ‘ओ, सर्वज्ञानी कोरोना डाक्टर !’ तर के लाग्छ, मेरो कण्ठबाट स्वरै निस्किएन ।


जेबाट जोगिन म चङ्ख भएर मान्छेदेखि अलग्गै हिँडेँ, त्यो अहिले मेरो कान छुनछुन खोज्दै गुनगुनाउँदै छ ।  आखिर किन ? सुटुक्क मेरो ज्यानमा सल्किन ? सत्तरी नाघेको मेरो निम्छरो फोक्सो छियाछिया पार्न ? र, कत्रो संयोगले पाएको मेरो एकबारको जुनी सुलुक्क निल्न ? सपनाको सपनामा पनि नचिताएको यो आपतकालमा मलाई हठात् लसुन, अदुवा र बेसारको याद आयो । खै, छेउको टेबुलमा ती छैनन् । यो बोसीय, फ्याटीय तत्वलाई मिचेर पेल्ने मनतातो पानी ? खै, मेरो छेउछाउमा त्यो पनि छैन ।


के गरुँ, कसो गरुँ ? मलाई त्यसैत्यसै उकुसमुकुस भयो । किम‍्कर्तव्यविमूढ भई सिरकभित्र गुटुमुटु छोपिएर मैले सास दबाएँ ।

‘काका !’ विनीत स्वरमा ज्ञानरत्न गुञ्जन कोरोना भाइरसले डाक्यो, ‘ओ कुन्साङ काका !’

 म जिल् परेँ । यो कोरोने त मेरो पहिचानका पत्रपत्र पहिल्याएर पो आएछ बा । चाल निको छैन, भाइ । आज यल्ले सक्ने भो !

‘डराउनु पर्दैन काका । म दुःख दिन आ होइन । सतोसत् ।’ भयद्वारा गतिल मेरो मनोदशा बुझेझैँगरी कोरोनाले भाका फेर्‍यो— ‘सतोसत् !’

नाटक गर्छ छुसी । मलाई झडङ्ग रिस उठ्यो ।

‘यो रातिबीच के कति कामले पाल्नु भो ज्ञानरत्न गुञ्जन कोरोना भाइरसजी ?’ तथापि यसरी पो ज्यान जोगिएला कि भनेर मैले अतिथि देवो भवःको मुद्रामा भनेँ ।

‘सानो बिन्ती बिसाऊँ कि भनेर काका....’

‘बिन्ती ?’

‘हामी कोरोना भाइरस अन्यायमा पर्‍यौँ, काका ।’

‘कोरोना भाइरस अन्यायमा ?’

‘दुर्मुखाहेर्ले हामीलाई ओलीभन्दा खराब भाइरस भने काका ।’

‘कल्ले रे ?’

‘नाम म जान्दिनँ, काका । थुप्रैले भने ।’

‘को थुप्रैले ?’

‘पत्रकारले भने । लेखकले भने । विद्यार्थीले भने । गृहिणीले भने । श्रमिकले भने । जनस्वास्थ्यविद्ले भने । कल्लेमात्र भनेन र काका ?’

स्वर दयनीय छ । रत्न गुञ्जन कोरानोको विनीत दुःखपुकारमा कताकता मर्काको गुञ्जन छ । यो भाइरस खराबै गरुँ भनेर आएको होइन कि त ?

‘ठिक छ,’ मैले भनेँ, ‘हजुरको मर्काको शीर्षक मैले सुनेँ । मर्का मेरा पनि छन् । यी मर्काहरुको मर्म घटाउन हामी यसो केही आदान–प्रदान गरुँ न त लौ । पालोमा पहिले म, त्यसपछि हजूर, कसो कोरोनाजी ?’

‘हस् काका,’ रत्न गुञ्जन कोरोना सहमत भयो ।

‘कोरोनाजी,’ मैले खसखस पोखेँ, ‘कोरोना आतङ्कबाट पीडित लोक अर्ध–सूचना, कुसूचना, विकृत सूचना, उत्तेजक सूचना, भ्रान्तिकारी सूचना,  भडकाउकारी सूचना र नश्लवादी सूचनाले घेरिएको छ । दिनदिनै रहस्यमय दूलाबट ज्ञानीहरु फुत्तफुत्त निस्किरहेछन् । कोरोना विषाणु के हो कसैलाई थाहा छैन । यसको औषधी के हो कसैलाई थाहा छैन । संक्रमण हुँदो छ, मान्छे मर्दो छ । यो विराट् अज्ञानताको रिक्ततामा अनेकओली जीवात् ज्ञानीको अभिनय गरिरहेछन् । एउटा एक थोक भन्छ, अर्को अर्कोथोक भन्छ । यसलाई पत्याऊँ कि उसलाई पत्याऊँ ? मान्छे कुहिराको काग भा’छ, मिस्टर कोरोना भाइरस ।’


‘कोरोनाजी,’ मैले खसखस पोखेँ, ‘कोरोना आतङ्कबाट पीडित लोक अर्ध–सूचना, कुसूचना, विकृत सूचना, उत्तेजक सूचना, भ्रान्तिकारी सूचना,  भडकाउकारी सूचना र नश्लवादी सूचनाले घेरिएको छ । दिनदिनै रहस्यमय दूलाबट ज्ञानीहरु फुत्तफुत्त निस्किरहेछन् । कोरोना विषाणु के हो कसैलाई थाहा छैन । यसको औषधी के हो कसैलाई थाहा छैन । संक्रमण हुँदो छ, मान्छे मर्दो छ । यो विराट् अज्ञानताको रिक्ततामा अनेकओली जीवात् ज्ञानीको अभिनय गरिरहेछन् ।


‘ए ए !’ गुञ्जन कोरोनाले अदृश्य टाउको हल्लायो । ‘सप्पैका कुरा सुनिसाध्य हुँदैन, काका । यी नवोदित ज्ञानीहरुमध्ये नाइके–नाइकेका कुरा सुन्नपाए हुँदी......’

‘कोरोनाजी ! लसुन, अदुवा, बेसार कोरोना भाइरसको औषधी हो ?’ मैले विषय प्रवेश गरेँ ।

‘यो हो भन्या कल्ले हो ?’  अतिथि कोरानाको स्वरको पारो एकाएक चढ्यो ।

‘नवजात ज्ञानीहरुमध्येका महाज्ञानीले,’ मैले भनेँ ।

‘वाह, क्या नूतन ज्ञान !’ कोरोना गुञ्जनको स्वरमा तीक्ष्ण व्यङ्ग्यभाव गुञ्जियो । ‘यसबारे कम ज्ञानी समीरमणि दीक्षित, शेरबहादुर पुन, अनुप सुवेदीहरु के भन्छन् ?’

अचम्म ! रत्न गुञ्जन नामक कोरोना भाइरसलाई यी जनस्वास्थ्यविद्हरुका नाम पनि कण्ठ छन् त ! हैन, कोरोना भाइरसको छद्मभेषी औतारमा मेरो मन चोर्न देशी–बिदेशी प्रतिक्रियावादीहरुको कुटिल क्रीडा त यो होइन ? आ....जेसुकैे होस्, मलाई के नै पो लुकाउनु छ र ?

‘कोरोनाश्री, यी कम विद्हरु— समीर, शेर, अनुप आदि— महाज्ञानीका ज्ञानगुनका वचन सुनेर केवल मुसुक्क हाँस्छन् ।’

‘यो सरासर झूठ हो भनेर वचनका कोर्राले महाज्ञानीलाई दनक दिँदैनन् ?’

‘दिँदैनन्, कोरोना ।’

‘पामरहरु !’ कोरोना भाइरस कड्कियो ।

‘यिनलाई त्यसरी प्वाक्क भन्न गाह्रो छ, कोरोना भाइरस ।’

‘के गाह्रो छ, काका ?’

‘यी महाज्ञानीका हातमा सत्ताको बन्दुक छ ।’

‘ए, ए ।’

देख्नु केही छैन, कोरोनाका स्वरको उतारचढावले निजकोक मुन्टो हल्लिएको छनक दिन्छ ।


‘गुञ्जन कोराना,’ मैले अर्को खुल्दुली प्रकट गरेँ, ‘मनतातो पानीले बोसीय, फ्याटीय तत्वबाट बनेको कोरोना विषाणुलाई मार्छ, हकि  ?’
लहरे हाँसो हाँस्दै कोरोनाले भन्यो, ‘मार्छ भन्ने ज्ञानी को हो ?’
‘उही अघिको महाज्ञानी हो, कोरोना ।’
‘धत्, पानीमा पाद्याजस्तो कुरो !’
पलभरको सन्नाटापछि कोरोनाले जिज्ञासा प्रकट गर्‍यो, ‘यसो भन्ने महाज्ञानीलाई ‘तँ पागल’ भन्न आँट गर्ने कोही वीर छैन ?’


‘गुञ्जन कोराना,’ मैले अर्को खुल्दुली प्रकट गरेँ, ‘मनतातो पानीले बोसीय, फ्याटीय तत्वबाट बनेको कोरोना विषाणुलाई मार्छ, हकि  ?’

लहरे हाँसो हाँस्दै कोरोनाले भन्यो, ‘मार्छ भन्ने ज्ञानी को हो ?’

‘उही अघिको महाज्ञानी हो, कोरोना ।’

‘धत्, पानीमा पाद्याजस्तो कुरो !’

पलभरको सन्नाटापछि कोरोनाले जिज्ञासा प्रकट गर्‍यो, ‘यसो भन्ने महाज्ञानीलाई ‘तँ पागल’ भन्न आँट गर्ने कोही वीर छैन ?’

‘छैन, कोरोना ।’

‘यतिका मान्छेको भीडमा कोही किन छैन ?’

‘किनभने, कोरोना, महाज्ञानीका हातमा सत्ताको मिसिनगन छ ।’

‘डरछेरुवाहरु !’

‘मेरो अन्तिम जिज्ञासा यो छ कि, रत्न गुञ्जन कोरोना,’ मैले भनेँ, ‘बङ्गालको खाडीबाट उडेर, हिमालमा ठोक्किए्र, शिलाजित छुँदै, यार्सागुम्बा चुम्दै, चिराइतो सुँग्दै बगेर आएको पानी त कोरोनाको औषधी अवश्य हो नै, कि कसो, कोरोना ?’

‘हैट्, कुरा पनि !’ कोरोना जङ्गियो, ‘सुन्दैमा टाढैबाट देब्रे हातले घुमाएर दिऊँजस्तो । हरे, तिमीहरुको यो महाज्ञानी ! पागलसरी बोल्छ, तैपनि उसलाई पागल भनेर सिंहासनबाट खसाल्ने हुती भ’को कोही छैन । हैट्, मानव समाज नाउँको मुर्दाहरुको यो बगाल !’


रत्न गुरञ्जन कोरोना भाइरसका कुरा सुन्दा मलाई ग्लानिबोध भयो । नाथे कोरोनाले यसो भनिसक्यो, हामी ‘डरछेरुवाहरु’ महाज्ञानी प्रभुलाई सिंहासनमा बोकेर चुपचाप लुखुरलुखुर हिँडिरहेछौँ । हामी आफूलाई कत्ति न जान्नेसुन्ने, कत्ति न उद्यमी  र कत्ति न पराक्रमी ठान्छौँ । छनलाई हामी पद्दु, पत्रु र पामर छौँ । नाथे कोरोनाले हाम्रो बुद्धि, हुती र कर्मलाई ‘थुइक्क’  भनिसक्यो ।


रत्न गुरञ्जन कोरोना भाइरसका कुरा सुन्दा मलाई ग्लानिबोध भयो । नाथे कोरोनाले यसो भनिसक्यो, हामी ‘डरछेरुवाहरु’ महाज्ञानी प्रभुलाई सिंहासनमा बोकेर चुपचाप लुखुरलुखुर हिँडिरहेछौँ । हामी आफूलाई कत्ति न जान्नेसुन्ने, कत्ति न उद्यमी  र कत्ति न पराक्रमी ठान्छौँ । छनलाई हामी पद्दु, पत्रु र पामर छौँ । नाथे कोरोनाले हाम्रो बुद्धि, हुती र कर्मलाई ‘थुइक्क’  भनिसक्यो । हामी भने अकर्मण्य, हुतिहारा, निस्तेज मुद्रामा ङिच्च हाँसिरहेछौँ । अदृश्य कोरोनासामु मलाई मुख छोपेर रुँरुँ लाग्यो ।

‘हजुरको सोध्नु सकियो ?’ मेरो बक् बन्द भएको देखेर कोरोनाले सोध्यो ।

‘सकियो भने पनि भो, कोरोना,’ नूर गिरेको स्वरमा मैले भनेँ ।

‘अब म आफ्नो मर्का दोहोर्‍याऊँ कि त, मानव ?’

‘हैन, यहाँको मर्का के पो थियो ?’

‘दुर्मुखाहेर्ले हामीलाई ओलीभन्दा खराब भाइरस भने, काका । यसमा हजुरको राय चाहियो ।’

म के राय दिऊँ ? कुन भाइरस कुनभन्दा कति कारणले बढी खराब हो, प्वाक्क भनेर म कतिमात्रै खतरा मोलूँ ? ख्यालख्यालमै म केही भनुँला । कोरोना भाइरसले कुरो छिनभरमै सञ्जालभरि भाइरल बनाइदेला । अनि मेरो के हविगत हुन्छ ? म छु एकल, निहत्था, निरुपाय, अकिञ्चन । जसलाई केही भनिने हो ऊ छ सत्ताधारी, दौलतधारी, बन्दुकधारी, अहंकारधारी, क्रोधधारी, प्रतिशोधधारी । जीवनको यो कठोर यथार्थको चित्रको सम्झनामात्रले पनि मेरो आङ सिरिङ्ग हुन्छ ।

‘किन मौन, माननीय मानव ?’ पट्यारलाग्दो सन्नाटा भङ्ग गर्दै कोरोनाले केरकार गर्‍यो, ‘देखिजानेको कुरा प्वाक्क भन्न किन यत्रो सकस ?’

‘हामी मनुष्यका आफ्नै दुःख छन्, कोरोना ।’ म घुमाउरो उत्तरको शरण परेँ । ‘लोकले विधिवत् मतदान गरी बाइकाइदा विजेता बनाएको शासकलाई म कुन मुखले भाइरससँग तुलना गरुँ, कोरोना ? मलाई हत्ते भो !’

‘के जिब्रो चपा’र  बोल्छौ, मनुवा ?’ कोरोना सनक्क सन्कियो । ‘नाङ्गा आँखाले देखेको सत्य भन्न अन्कनाउने नाथे पनि लेखक हुन्छ ? पत्रकार हुन्छ ? भन, हामी कसरी ओलीभन्दा खराब भाइरस भयौँ, भन, भन ।’


‘के जिब्रो चपा’र  बोल्छौ, मनुवा ?’ कोरोना सनक्क सन्कियो । ‘नाङ्गा आँखाले देखेको सत्य भन्न अन्कनाउने नाथे पनि लेखक हुन्छ ? पत्रकार हुन्छ ? भन, हामी कसरी ओलीभन्दा खराब भाइरस भयौँ, भन, भन ।’


चातुर्यपथ अँगाल्दै मैले भनेँ, ‘कोरोनाश्री, यसमा हजुरको मत वा गुनासो वा तर्क के छ, पहिले यसो त्यो सुन्नपाए हुँदी......’

‘सुन,’ किञ्चित् उच्च स्वरमा कोरोना भाइरस कहन थाल्यो, ‘हामीभित्रको भाइरस प्रकृतिको स्वभाव हो । न असल, न खराब । हामी कोरोना भाइरस मानिसको अविवेक, लोभ, भोग र विनाशका सन्तति हौँ । आफ्नो उपद्र्याइँले हामीलाई उब्जाउने, अनि हाम्रो स्वाभाविक स्वाभाव प्रकट हुँदा हामीलाई ‘अदृश्य शत्रु’, ‘ज्यानमारा’, ‘आतङ्ककारी’को फत्तुर लाउने ? अनि हामीलाई ओलीभन्दा खराब भाइरस भन्ने । ए रात्तै !’ कोरोना क्रोधले रनक्क रन्क्यो  ।

 म भने तैपनि अवाक्–अवाक् छु । मैले जे भने पनि कोरोनाका तर्कसामु आफ्नो कुरो तलै पर्छ । तब म बित्थामा किन बोलिरहूँ ?

‘विषय अलि अमूर्त भयो, कोरोना गुञ्चन,’ सबै सत्य उसैका मुखबाट बकाउने मनसुवाले मैले सविनय निवेदन गरेँ, ‘यसमा अलि मूर्त ढङ्गले प्रकाश पारिपाऊँ न, कोराना ब्रो ।’

‘कुरो सब छ्याङ्गै छ, के को अमूर्त ?’ कोरोनाको स्वरको पारो झन् उक्सियो । ‘सुन,’ दार्शनिक लयमा उसले भन्यो, ‘हामी कोरोना भाइरस यो जगत‍्मा हुनु प्रकृतिको स्वाभाविक प्रकृति हो । हामी मानिसमा सल्किनु प्रकृतिको स्वाभाविक कर्म हो । मान्छे मूलेका नैतिक मूल्य थोपरेर हामीलाई यस्तो खराब र उस्तो खराब किन भन्नु ? हामी मान्छेमा सल्किनु मान्छेका कर्मको फल हो । हामी सल्केर मान्छे मर्नु मान्छेका कुकृत्यको उचित सजाय हो । तर हाम्रो हकमा न यो पुण्य हो, न पाप हो । यो त केवल प्रकृतिको प्रकृति हो ।’

‘ओलीको हकमा नि त कोरोना गुञ्जनजी ?’

‘निजको हकमा कुरो अर्कै हो । एकदम फरक ।’

‘त्यो ‘अर्को’ र ‘फरक’ के हो, कोरोनाश्री ?’

‘सुन मानव ! जब कोही नैतिक मूल्यको भर्‍याङ चढेर सिंहासनमा उक्लिन्छ, लोकदृष्टिमा उसका एकएक कर्म कि असल हुन्छन् कि खराब । कि नैतिक हुन्छन् कि अनैतिक । कि सदाचारी हुन्छन् कि भ्रष्टाचारी ।’


‘सुन मानव ! जब कोही नैतिक मूल्यको भर्‍याङ चढेर सिंहासनमा उक्लिन्छ, लोकदृष्टिमा उसका एकएक कर्म कि असल हुन्छन् कि खराब । कि नैतिक हुन्छन् कि अनैतिक । कि सदाचारी हुन्छन् कि भ्रष्टाचारी ।’

‘प्रसङ्ग फेरि पनि ओलीकै छ, कोरोनाजी,’ गुह्य कुरो उधिन्न कोरोनालाई मैले उक्साएँ । ‘माने ओलीय भाइरसको कुरो......’


‘प्रसङ्ग फेरि पनि ओलीकै छ, कोरोनाजी,’ गुह्य कुरो उधिन्न कोरोनालाई मैले उक्साएँ । ‘माने ओलीय भाइरसको कुरो......’

‘मैले भनिसकेँ काका, हामी कोरोनाको हकमा भाइरस प्रकृति हो ।’

‘ओलीको हकमा नि ?’

‘ओलीको हकमा भाइरस विकार हो, सढान हो, पतन हो ।’

‘जस्तो कि ?’

‘कुरो प्रस्ट छ । सिंहासनवासी ओली माने थरीथरीका भाइरसको धोक्रो हो । कुशासनको भाइरसको धोक्रो । भ्रष्टाचारको भाइरसको धोक्रो । कमिसनको भाइरसको धोक्रो । नातावादको भाइरसको धोक्रो । कृपावादको भाइरसको धोक्रो । अहंकारको भाइरसको धोक्रो । दुच्छर स्वभावको भाइरसको धोक्रो । छुद्र वचनको भाइरसको धोक्रो । असहिष्णुताको भाइरसको धोक्रो । प्रतिशोधको भाइरसको धोक्रो ।’

‘त्यसोभए दुरथरी भाइरसको तुलना मिलेन, हैन के कोरोना गुञ्जन ?’

‘कसरी मिल्छ ?’ कोरोना अदृश्य हातले मैलाई कुटुँलाझैँगरी बम्क्यो । ‘नैतिक मूल्यमार्गको ओलीय भाइरस अनेकन् कुकृत्यको दोषी हो । सरासर दोषी, खसोखास दोषी । हामी कोरानाको भाइरस प्रकृति हो, तटस्थ हो । न असल, न खराब । न नैतिक, न अनैतिक । न प्रशंसनीय, न दण्डनीय ।’

‘कुरो सकियो, कि कसो कोरोनाजी ?’

‘मेरो नम्र निवेदन बाँकी छ, काका ।’

‘के हो त्यो बाँकी नम्र निवेदन ?’

‘हामी कोरोना भाइरसको मर्का बोलिदिने कोही भएन । यो मर्का कुन्साङ काकाका कलमले यसो मिडियामा, सञ्जालमा, सडक–डबलीका सम्भाषणमा....कृपा गरेर......’

मैले कबोल गरिनँ । कोरोना भाइरसको साह्रै चित्त दुख्ला कि भनेर मैले नाइँ पनि भनिनँ । मनमा कताकता डर लागिरहेको थियो— मैले यो कोराना वचन बाहिर ल्याएँ भने निरङ्कुश सत्ताको तरबारले मलाई के भन्ला ?

‘छुट्टिनुअघि एउटा कुरा,’ कोरोनाछेउ मैले जिज्ञासा राखेँ, ‘एक न एक दिन कोरोना भाइरसको औषधी त बन्छ नै, कि कसो कोरोना काजी ?’

‘बन्दैन,’ कोरोनाले ठाडै नकार्‍यो ।

‘किन ? संराभरि थरीथरी ज्ञानीहरु बनाउन तल्लीन छन् त ।’

‘कोरोनाको एउटा औतारको औषधी बनाउँदाओर्दा कोरोनाले अर्को औतार धारण गरिसकेको हुन्छ । र, तिनको औषधीले फ्याँ खान्छ ।’

‘बर्बाद !’ मेरा ओठबाट विस्मयबोधी निश्वास पोखियो, ‘बर्बाद !’


‘त्यसो भए कोरोनाजी, कोरोना भाइरसको औषधी कहिल्यै कसैले बनाउन सकदैनन् त ?’ झीनो आशाको त्यान्द्रोमा झुन्डिएर मैले भनेँ ।

‘सक्छन्, किन नसक्नु ?’ कोरोना गुञ्जनको स्वरमा मर्मभेदी कटाक्ष गुञ्जियो, ‘ओली, मोदी, ट्रम्पजस्ता महाज्ञानी नवडाक्टरले बनाइरा छन् त !’


‘त्यसो भए कोरोनाजी, कोरोना भाइरसको औषधी कहिल्यै कसैले बनाउन सकदैनन् त ?’ झीनो आशाको त्यान्द्रोमा झुन्डिएर मैले भनेँ ।

‘सक्छन्, किन नसक्नु ?’ कोरोना गुञ्जनको स्वरमा मर्मभेदी कटाक्ष गुञ्जियो, ‘ओली, मोदी, ट्रम्पजस्ता महाज्ञानी नवडाक्टरले बनाइरा छन् त !’

रत्न गुञ्जन कोरोना भाइरसले मलाई मुखैमा मुड्किले हानेजस्तो लाग्यो । मर्मभेदी मुड्कीले, असह्य मुड्कीले, अज्ञानबाट उत्पन्न अहंकारका मुखैमा अचुक मुडु्कीले !

‘हुँ, हिँ, हुँर्र, इँर्र, उइँ, हुइँ, याँ, फ्याँ,’ कोरोना भाइरस के के भन्दै थियो, म भने अवाक् र हतप्रभ भएँ । र, म गुम्लुङ्ग सिरक ओडेर, सास दबाएर चुपचाप लमतन्न सुतिरहेँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.