मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चाँगुनारायण नगरपालिकाको बजेट १ अर्ब ४८ करोड

बिहीबार, ११ असार २०७७, १८ : ४१
बिहीबार, ११ असार २०७७

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक २०७७/०७८का लागि आय तथा व्यय सार्वजनिक गरेको छ । 

दुई दिनसम्म चलेको सातौं नगरसभाबाट आर्थिक २०७७/०७८का १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रुपैंया विनियोजन गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । 

जसमा पूजीँगत तर्फ ८१ करोड २५ लाख ९० हजार रुपैंया (५५.८०) प्रतिशत र चालुतर्फ ६७ करोड १ लाख १३ रुपैंया (४५.२०) प्रतिशत रहेको छ । 

नगरसभाले कोरोना भाइरस नियन्त्रण कोषमा १ करोड, स्वास्थ्यका लागि ३ करोड ३५ लाख, जसमा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि १ करोड रुपैंया विनियिोजन गरिएको नगर प्रमुख मिश्रले बताए ।
त्यसैगरि शिक्षाका लागि ३ करोड २८ लाख बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमका लागि ५० लाख रुपैंया छुट्टाएको हो । 

‘हाम्रो चाँगुनारायण सफा चाँगुनारायण’ प्रर्वद्धनकालागि १ करोड ११ लाख, कृषिमा आधारित रोजगारीकालागि १ करोड ९७ लाख रुपैंया विनियोजन गरिएको नगरप्रमुख मिश्रले बताए । 
‘उज्यालो चाँगुनारायण कार्यक्रम अन्र्तगत सडक बत्तिलगायतका कामका लागि ५० लाख रुपैयाँ रहेको छ,’ मिश्रले भने । 

नगरसभाले एक घर एक धारा कार्यक्रमलाई ४ करोड, नगरपालिकाको भवन निर्माणकालागि १० करोड, सडक र यातायात क्षेत्रको विकाशकालागि २८ करोड रुपैंया विनियोजन गरेको हो । 

नगरपालिकाको आय श्रोतका रुपमा पर्यटन कर, माटो पानी ठेक्का, घर नक्सालगायतका माध्यमहरु रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप