शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकांश महिलालाई राती नै किन हुन्छ प्रसव पीडा ? यस्तो भन्छ अनुसन्धान

बिहीबार, ११ असार २०७७, ०९ : ३८
बिहीबार, ११ असार २०७७

प्रसव पीडाका लागि कुनै निश्चित समय होला भनेर हाम्रो दिमागले कहिले पनि सोचेको हुँदैन । तर वास्तवमा अधिकांश महिलालाई प्रसव पीडा रातको समयमा लाग्ने गर्छ ।

सन् २०१८ मा लण्डनमा प्रकाशित एक अनुसन्धानको अनुसार बेलायतमा पछिल्लो १० वर्षको क्रममा ५० लाखभन्दा बढी शिशुको जन्म भयो । लण्डन कलेज एण्ड सिटी, युनिभर्सिटी अफ लण्डन र नेशनल चाइल्ड बर्थ ट्रस्टमा भएको अनुसन्धान अनुसार सन् २०१८ मा बेलायतमा जन्मिएका धेरैजसो शिशुको राती जन्म भएको थियो । उनीहरुको जन्म राती १ बजेदेखि बिहान ८ बजेबीच रह्यो । बिहान चार बजे अत्यधिक शिशुको जन्म भएको थियो । तर यसको कारण के हो ? यसको जवाफ केहि प्रसुती विज्ञले आफ्नो अनुसन्धान अनुसार यसरी दिएका छन्ः

आमा र गर्भमा हुर्किरहेको शिशु दुबैलाई सुरक्षा दिन्छः

हेल्थ बी पोली क्लिनिकका लेक्टेशन कन्सल्टेन्ट ड्रू क्याम्पबेलका अनुसार राती प्रसव पीडाको सम्बन्ध हाम्रो जैविक इतिहाससँग हुन्छ । यो अनुसन्धानका मुख्य लेकख यूसिएल इन्स्टिट्युट  अफ एपिडेमोलोजी एण्ड हेल्थका विज्ञ डा. पिटर मार्टिन थिए ।

मार्टिनका अनुसार प्रसव पीडाको सम्बन्ध इभोलुशनरी हेरिटेजसँग छ । वास्तवमा हाम्रा पुर्खा समूहमा बस्थे । उनीहरु दिउँसो काम गर्ने गर्दथे र राती घरमा आराम गर्ने गर्दथे । तसर्थ, रातीको समय प्रसव पीडा हुँदा आमा र गर्भमा हुर्किरहेका शिशुलाई सुरक्षा दिने गर्छ ।

महिलालाई सुरक्षाको आवश्यकताः

दुबई निवासी हिप्नोबर्थिङ इन्स्ट्रक्टर लाला लेंगट्री–ह्वाइट पनि यो कुरामा सहमत छिन् । यदि फिजियोलोजीको दृष्टिकोणले हेर्ने हो भने प्रसवको समयमा जुन हर्मोनको श्राव हुन्छ, त्यो दिमागको सबैभन्दा विशेष हिस्साबाट रिलिज हुन्छ ।

प्रसव पीडा भइरहेका बेला महिलाको सुरक्षा उच्च प्राथमिकतामा पर्ने गर्छ ।

अक्सिटोसिन हर्मोन रिलिज हुन्छः

क्याम्पबेलका अनुसार प्रसव पीडाको समयमा महिलाको पाठेघरको संकोचन बढाउनका लागि अक्सिटोसिन हर्मोन श्राव हुन्छ । यो हर्मोनको श्राव भएपछि महिला सुरक्षित महसुस गर्छिन् । रातीको शान्त माहौलमा उनीहरु आनन्दित महसुस गर्छन् । तसर्थ यौन सम्बन्धका लागि पनि विज्ञहरु रातीको समय सबैभन्दा राम्रो मान्छन् ।

जब महिला आफूलाई सुरक्षित महसुस गर्दैनन् तब प्रसव पीडा पनि कम हुन्छ । दुखाई कम गर्न एड्रिनेलिन जस्तो हर्मोनको श्राव अत्यधिक हुन्छ । आमा र शिशु दुबैको सुरक्षाका लागि यो हर्मोनको अत्यधिक श्राव खतरनाक हुनसक्छ ।

महिलामा असुरक्षाको भावना पैदा हुन्छः

यस्तो त्यतिबेला पनि हुन्छ जब सुत्केरी गराउनका लागि गर्भवती महिलालाई अस्पताल पुर्याइन्छ । त्यहाँको अपरिचित माहौल देखेर महिलामा असुरक्षाको भावना उत्पन्न हुन्छ । थुप्रै पटक यसकारण पनि पीडा कम हुन्छ । तसर्थ डाक्टरले महिलालाई प्रसव पीडा धेरै बढेपछि मात्रै अस्पताल आउन सल्लाह दिन्छन् ।

राती प्रसव पीडा बढ्ने कुरा शल्यक्रियामार्फत् गराइने सुत्केरीमा लागू हुँदैन । आपतकालीन सी–सेक्सन दिउँसो वा राती जुनसुकै बेला पनि हुनसक्छ । यद्यपि, महिलालाई दिइने औषधीका कारण पनि प्रसव पीडा ढिलो वा चाँडो हुनसक्छ । महिला रोग विशेषज्ञ डा. शिवा हरिकृष्णनका अनुसार धेरैजसो महिलालाई प्रसव पीडा आधा रातमा नै सुरु हुन्छ । तसर्थ महिला बिहानको समयमा धेरैजसो सुत्केरी हुन्छन् ।

हर्मोनको श्राव कम वा बढी हुन्छः

लेन्ट्री ह्वाइटले भने, ‘आखिरमा हामी स्तनधारी हौं । आफ्नो सुरक्षा र व्यवहारको हिसाबले हाम्रो शरीरमा हर्मोनको श्राव कम वा बढी हुन्छ । सुत्केरी हुनुअघि महिलामा श्राव हुने हर्मोनको मात्रा र त्यसको प्रभावलाई पूर्ण रुपमा बुझ्न मुश्किल छ ।

स्रोतः दैनिक भास्कर  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप