अभिनेता गोबिन्दाको कारलाई यशराजको कारले ठक्कर दियो, भित्र थिए छोरा यशवर्धन
बुधबार राती करिब साढे ८ बजे मुम्बईको जुहू इलाकामा अभिनेता गोबिन्दाका छोरा यशवर्धन आहुजाको कार दुर्घटनाको शिकार भयो । प्रहरी स्रोतका अनुसार उनको कारलाई आदित्य चोपडाको यशराज फिल्म्ससँग जोडिएको एउटा कारले ठक्कर दियो । यद्यपि, दुर्घटनामा दुबै कारमा सवार कसैलाई पनि गम्भीर चोट भने लागेन ।
भारतीय सञ्चार माध्यमका अनुसार गोबिन्दाको कारमा उनका छोरा यशवर्धन आशूजा र ड्राइभर थिए । यशराजको कारलाई एक ड्राइभरले चलाइरहेका थिए । जूहू प्रहरीका अनुसार यो मामिलामा कसैको पनि ऊजुरी दर्ता भएको छैन । मामिलाई दुबै पक्षले आपसी समझदारीमा सुल्झाएका छन् ।
बलिउडमा प्रवेश गर्न सक्छन् यशः
५६ वर्षका गोबिन्दाका दुई सन्तान छन् – छोरी टीना र छोरा यशवर्धन । टिना बलिउडमा प्रवेश गरिसकेकी छिन् र गोबिन्दालाई अब यशबाट ठूलो आशा छ । यशले लण्डनबाट फिल्म मेकिङको पढाई गरेका छन् । उनले फिल्म निर्माता साजिद नाडियाडवालाको मार्केटिङ टीममा पनि काम गरे । यशले सलमान स्टारर ‘किक’ को सिक्वेलबाट डेब्यू गर्ने खबर सार्वजनिक भएको थियो तर कोरोना लकडाउनका कारण उक्त प्रोजेक्ट अड्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा