शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भ्याक्सिनः बेलायतमा मानिसमाथि परीक्षणको तयारी

बिहीबार, ११ असार २०७७, ०६ : २०
बिहीबार, ११ असार २०७७

बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ ।

इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् ।

यो भ्याक्सिनको जनावरमाथि ट्रायल सफल रहेको छ बताइएको छ र यसले रोग प्रतिरोधी क्षमतालाई थप राम्रो बनाउन मद्दत मिल्नेछ ।

हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँदैछ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ ।

यी १३ स्थानमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायतमा छ । जबकी अष्ट्रेलिया, रुस र जर्मनीको एक–एक स्थानमा ट्रायल चलिरहेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप