शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘रियलमी सी ३’ सार्वजनिक

बुधबार, १० असार २०७७, १७ : ४८
बुधबार, १० असार २०७७

काठमाडौं – रियलमी सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले आज रु १८हजार मुल्य अन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन ‘ट्रिपल क्यामेरा, गेम मोनिस्टर’ ‘रियलमी सी३’ को घोषणा गरेको छ । 

रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् र सफलतापूर्वक इन्ट्री लेबल सेगमेन्टका स्मार्टफोनलाई बाधित गरेको छ । रियलमी सी३ मुख्य ४ क्षेत्र-प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार हो । 

सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चिित गर्दछ । रियलमी सी३ दुई उत्तम कलर—ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ ।

असार १० गतेबाट बिक्री शुरु हुने रियालमी सी३, ३जीबी र्याम र ३२जीबी स्टोरेजका साथ १६ हजार नौं सय ९० मा उपलब्ध हुनेछ । ट्रिपल क्यामेरा गेम मोनिस्टर–रियलमी सी३ देशभरका सबै अफलाइन आउटलेहरुमा उपलब्ध हुनेछ ।

ट्रिपल एआई क्यामेरा
रियलमी सी३ मा १२एमपी+२एमपी+२एमपी रियर क्यामेरा सेटअप रहेको छ । रियर मुख्य क्यामेरामा एफ१.८ ठुलो अपर्चर र १.२५ एमएम पिक्सल साइज रहेको छ । यसले ४ एक्स सम्म जुम गर्न सक्छ र पीडीएएफ अटोफोकस समर्थन गर्दछ । यसले फोटोलाई दिनको उज्यालोमा, कम प्रकाश र अध्यारो वातावरणमा उज्यालो पार्दछ । 

४सीएम सुपर म्याक्रो लेन्सले सानो वस्तुहरु खिच्दा अधिक जानकारी दिन्छ । प्रयोगकर्ताले अतिसूक्ष्मसंग अझ बढि सृजना गर्न सक्दछन् । ट्रिपल रियर क्यामेराले हार्डवेयर लेबल बोकह समर्थन गर्दछ जुन बढि प्राकृतिक हो र वस्तुलाई अझ प्रख्यात बनाउँदछ चाहे त्यो विरुवा, जनावर वा मानिस होस् ।

रियलमी सी३ मा क्रोमा बुस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकडिंग जस्ता रोमान्चक विशेषताहरु छन् जुन यस सेगमेन्टमा पाउन निकै मुस्किल छ । पिक्सल लेबल म्यापिङ्ग अल्गोरिदमको माध्यमबाट क्रोमा बुस्टले ब्राइटनेस र कलर पुनस्र्थापित गर्दै, उत्तम डाइनामिक रेन्ज, स्क्रिन कन्ट्रास्ट र भिभिड कलर प्रदान गर्दछ ।

यसबाहेक, क्यामेराले स्वचालित एचडीआर मोड समर्थन गर्दछ । यसलाई खोलेपछि,  अधिक विवरण र थुप्रै कलरका साथ अचुक तस्वीरका लागि हाइलाइट र डार्क डिटेल राख्न सकिन्छ । 

यो क्यामेराले १०८०पी भिडियो सुटिंग र १२०एफपीएसमा स्लो—मोसन भिडियो खिच्न सकिन्छ । यसको अगाडि ५ एमपी सेल्फी क्यामेरा छ । सेल्फी क्यामेराले एआई ब्युटिफिकेशन फंसन, एचडीआर मोड, पोट्रेट मोड र प्यानो सेल्फी विशेषता समर्थन गर्दछ जसले गर्दा व्यापक सेल्फी लिन सकिन्छ ।

स्टाइलिस डिजाइन र डिस्प्ले
रियलमी सी३ मा ६.५ इन्च एचडी+ मिनी ड्रप डिस्प्लेका साथ यो सेगमेन्टकै ठुलो डिस्प्ले रहेको छ जुन सामान्य डिउड्रपको तुलनामा ३०.९प्रतिशत सानो छ जसले स्क्रिन टु बडि अनुपात ८९.८प्रतिशत उच्च बनाउँछ । यो ठुलो स्क्रिनले फिल्म हेर्दा, गेम खेल्दा वा सामाजिक संजाल चलाउदा अवलोकन अनुभवलाई वृद्धि गर्दछ ।

रियलमी सी३ को रोमान्चक नयाँ कलर ब्लेजींग रेड र फ्रोजन ब्लुको डिजाइन हट लाभा र कोल्ड ग्लेसियरबाट प्रेरित भएको हो । प्लास्टिक मोल्डमा लागू गरिएको उत्कृष्ट अप्टिकल टेक्सचर पोलिसिंग, रेडियम कार्भिङ्ग र स्यान्डब्लास्टिङ्ग टेक्नोलोजी संयोजन गरेर बनाइएको छ ।

बेस्ट-इन-क्लास पर्फमेन्स
रियलमी सी३ ले मिडियाटेक हेलियो जी७० प्रोसेसर प्रदान गर्दछ जुन यस सेगमेन्टकै उत्तम हो र यसमा नेटवर्क लेटेन्सीलाई सुधार्न मिडियाटेक गेमिंग टेक्नोलोजी छ । यो ८ कोर, १२ एनएम प्रोसेसर हो जुन २.०जीएचजेड सम्म चल्छ जसले यसलाई यस श्रेणीकै सबैभन्दा तीव्र र नवीनतम बनाउँछ । रियलमी सी३ निपुर्ण र उच्च प्रदर्शन ARM Mali-G52 GPU का साथ मध्यधार प्रयोगकर्ताहरुका लागि आदर्श र मोबाइल गेमर्सहरुका लागि सर्वोत्कृष्ट छ ।

रियलमी सी३ मा १९३००० भन्दा बढि Antutu बेन्चमार्क स्कोर छ जसले यस सेगमेन्टमा उत्कृष्ट प्रदर्शन गर्दछ जुन यो सेगमेन्टको अन्य कुनै फोन भनदा निकै धेरै हो । उच्च स्पिड कनेक्सनका लागि फोनमा डुअल वाइफाईको विशेषता छ जसले निबोध रुपमा तीव्र कनेक्सनका लागि अप्टिमल ब्यान्डमा स्वीच गने अनुमति दिन्छ ।

यसका साथै मल्टिमिडिया प्रयोगमा, रियलमी सी३ मा मिडिया टेक हेलियो जी७० को डिस्प्ले लेटेन्सी अप्टिमाइजेसन छ जसले तीव्र प्रतिक्रिया समय, अझ बढि उचित स्क्रिन कन्टोल दिनुका साथै टच स्क्रिनको फ्लुडिटी वृद्धि गर्दछ । 
साथै अवलोकन अनुभवलाई बढाउँदै मिडिया टेक हेलियो जी७० मा प्रिमियम पिक्चर क्वालिटी छ जसले वास्तविक रंगहरु समर्थन गर्दछ । राम्रो स्क्रिन कन्ट्रास्टका साथ, गेम खेल्दा र भिडियोहरु हेर्दा क्लियर तस्वीर र आउटपुट राम्रो आउँछ जसले रियलमी सी३ लाई उत्तर अवलोकनको फाइदा दिन्छ जहाँ अन्य मोडलमा देख्न सक्दैन्न् ।

रियलमी सी३ LPDDR4X र्यामद्वारा संचालित दुई भेरियन्टमा उपलब्ध छ । LPDDR3 को तुलनामा ग्राफिक पर्फमेन्स २०प्रतिशत र र्याम पर्फमेन्स १०० प्रतिशतले सुधारिएको छ । रियलमी सी३ मा ट्रिपल कार्ड स्लटका साथ डुअल सिम स्लट र २५६जीबीसम्म एक्टेन्ड गर्न मिल्ने डेडिकेटेड एसडी कार्ड स्लट छ ।

रियलमी सी३ ले ०.२७ सेकेण्डमा अल्टा-फास्ट फिंगरप्रिन्ट अनलकिंग मात्र नभएर फेसियल रिकग्निसन पनि समर्थन गर्छ जुन सिंगल क्लिक वा एक झलकमै सजिलै अनलक गर्न सकिन्छ जुन एकै समयमा अनलक गर्न सरल र हाम्रो गोपनियताका लागि सुरक्षित छ ।

ब्याट्री
रियलमी सी३ मा ठुलो ५००० एमएएच ब्याट्री छ जसका साथ ननस्टप मनोरञ्जन लिन सकिन्छ । रियलमी सी३ का साथ घण्टौसम्म कुराकानी गर्न सकिन्छ, यूटुबका भिडियोहरु प्रवाह गर्न, गीतहरु सुन्न, गेम खेल्न र कुनै रोकावट बिना नेभिगेट गर्न सकिन्छ । यसले रिभर्स चाजिंग पनि समर्थन गर्दछ जसको मतलब यसले पावर बैंक जसरी नै अन्य उपकरणहरुलाई चार्ज गर्दछ ।

रियलमी युआई अप्डेटका साथ रियलमी सी३
रियलमी सी३ पहिलो रियलमी स्मार्टफोन हो जुन रियलमी यूआईका साथ एन्ड्रोइड १० मा आधारित छ । रियलमी यूआई अधिक र एन्ड्रोइड अनुभवको नजिक पुग्नका लागि राम्रोसंग निर्मित गरिएको छ ।

रियल डिजाइनको अवधारणा, रियलमी यूआई वास्तविक जीवनबाट प्रेरित
रियलमी यूआई चारवटा चीजहरुमा केन्द्रित रहेर डिजाइन गरिएको छ-सिस्टमको कलर, आइकन, वालपेप्पर र एनिकेसन । रंगहरुको सर्तमा रियलमी यूआईले वास्तविक कलर स्किम निर्माण गर्न, उत्साह र ताजापनको भावना ल्याउन उच्च सन्तृप्ति र उच्च चमक रंगहरुको प्रयोग गर्दछ ।

कस्टुमाइजेबल आइकन
रियलमी यूआईले आइकन कस्टुमाइजेसन फंसन प्रस्तुत गरेको छ । अब प्रयोगकर्ताले आइकनको आकार र आकृति मात्र नभएर आइकनको आन्तरिक ग्राफिकको आकृति पनि परिवर्तन गर्न सक्छन् ।

क्वान्टम एनिमेसन इन्जिनका साथ रियलमी यूआई
सिस्टम एनिमेसनको सर्तमा रियलमी यूआई नवीनतम क्वान्टम एनिमेसन इन्जिनले सुसज्जित छ जसले स्क्रिनको फ्लुएन्सीलाई सुधार गर्दछ ।

प्रयोगकर्ताका अनुभवलाई बढाउन रियलमी यूआईमा ४ कस्टुमाइज्ड् ट्रेन्डी फंसनको विशेषता रहेको छ ।

फोकस मोड
फोकस मोड खोल्दा यसले प्रयोगकर्तालाई बाहिरी दुनियाबाट आफुलाई अलग गर्न मद्दत गर्दछ र प्रणालीले लगातार आरामदायी संगीत बजाउछ । यसले डीएनडी अन गर्दछ नयाँ नोटिफिकेसन आउन रोक लगाउछ र चार बिल्ट—इन धुनमध्य एक चयन गरेर आरामदायी जोनमा लग्छ ।

डुअल मोड म्युजिक शेयर
यदि दुईजना प्रयोगकर्ताहरुले एकै समयमा एउटै उपकरणबाट एउटै भिडियो वा गीत हेर्न/सुन्ने कोशिस गर्दा यो विशेषता निकै उपयोगी छ । रियलमी सी३ मा एकैसाथ वायरलेस इयरबड र वायर्ड इयरफोन कनेक्ट गर्न सकिन्छ जसले गर्दा एउटै रियलमी स्मार्टफोनबाट दुईजना व्यक्तिले एउटै गीत सुन्न सक्छन् ।

थ्री फिंगर स्क्रिनसट गेस्चर

स्क्रिनसट लिनका लागि ३ वटा औंलाको प्रयोग गरेर, स्क्रिन प्रेस र होल्ड गर्नुहोस् र त्यसपछि स्क्रिनको छनौट गरिएको भाग क्याप्चर गर्न स्वाइप गर्नुहोस् । क्रप गरिरहन आवश्यक छैन र आंशिक स्क्रिनसट लिने काम मात्र एक चरणमै गर्न सकिन्छ ।

व्यक्तिगत जानकारी संरक्षण
रियलमी यूआईले प्रयोगकर्ताको गोपनियता संरक्षण गर्ने लक्ष्य राख्दछ र एपहरुले व्यक्तिगत जानकारी पहुँच गर्न सक्ने तरिका परिवर्तन गर्दछ । रियलमी यूआईमा व्यक्तिगत जानकारी संरक्षण खोल्नाले एपले प्रयोगकर्ताको व्यक्तिगत जानकारीको पहुँचका लागि अनुरोध गर्दा सस्टमले खाली जानकारीका पृष्ठहरु प्रदान गर्दछ ।

लाइट, फास्ट र पावर सेभिंग विशेषता र ट्रेन्डी फंसन
रियलमी यूआईले नवीनतम एन्ड्रोइड १० अनुसरण गर्दछ जसमा लाइट, फास्ट र पावर सेभिंग विशेषताहरु छन् र यसबाहेक फ्लुएन्सी, पावर उपभोग र प्रदर्शनको सर्तमा थप अनुकूलित गरिएको छ ।

रियलमी सी३ दुई भेरियन्टमा उपलब्ध छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप