शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन अमेरिकाको अध्यक्षमा दोश्रो पटक पौडेल बिजयी

शुक्रबार, २३ भदौ २०७४, ११ : २५
शुक्रबार, २३ भदौ २०७४

विजय थापा
 

अमेरिका । गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल तीन जनालाई पछि पार्दै निर्वाचित भएका छन् ।
कांग्रेस राजनीतिमा सक्रिय पौडेल चिकित्सक हुन् । यसअघि सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए । एनआरएनए अमेरिकाको निर्वाचन आयोगका बुधबार बुधबार सम्पन्न निर्वाचनमा पौडेलले आफना निकतम प्रतिस्पर्धी रविना थापालाई पराजित गर्नेक्रममा चार हजार २ सय २९ मत प्राप्त गरेका थिए । 
रविनाले तीन हजार ८५ मत पाएकी थिइन् त्यस्तै अर्का प्रत्यासी रामसी पोखरेलले तेस्रो र कृष्ण पोखरेल चौथो स्थामनमा मत ल्याउन सफल भए । पौडेलले जम्मा मतको ४६.७ प्रतिशत मत ल्याएका थिए । अध्यक्ष 

पौडेलले आफ्नो चुनावी प्रचार प्रसारमा पहिलो कार्यकालमा अधुरा रहेका काम गर्न पुन अवसर दिन आग्रह गरेका थिए । मतदानमा संघका १४ हजार ५ सय २० मतदातामध्ये ९ हजार २ सय ८२ मत खसेका थिए । 

यसैगरी, वरिष्ठ उपाधक्ष्यमा सुनिल शाह बिजयी भएका छन् । ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमश दक्षिण क्षेत्रका लागि जेदु पोख्रेल, मध्य पश्चिम क्षेत्रका लागि राधा पौडेल, उत्तर पूर्व क्षेत्रका लागि रामकुमार सुबेदी तथा पश्चिम क्षेत्रमा उमा कार्की थापा छन् ।  

महासचिबमा बाबुराम लामा बिजयी भए भने सचिबमा होमनाथ गौतम बिजयी भएका छन् कोषाध्यक्षमा प्रकाश अर्याल, महिला संयोजकमा इन्दिरा त्रिपाठी बिजयी भइन् । कार्यकारी समितिको सदस्यहरुमा अमृत कट्टेल, आङ्ग ग्याल्जेन, अरुण बन्जाडे, बिन्दु सापकोटा, दिव्या केसी, गोपेंद्र भट्टराई, कृष्ण लामिछाने, प्रिती सगर खत्री, संजय थापा, तृष्णा शर्मा तथा बिष्णु बहादुर शाह बिजयी भएका छन् । आइसीसी सदस्यहरुमा डिल्ली भट्टराई ,बन्दना कोइराला, बलराम थापा, बेदराज बस्नेत, बिष्णु मान प्रधान, धर्म भट्टराई, गोमा सेन तथा प्रकाश सापकोटा बिजयी भएका छन् । 

यसैवीच निर्वाचनको नतिजा बाहिर आएपछि विरोध शूरू भएको छ । निर्वाचन सकिएको केही मिनेटमै नतिजा सामाजिक संजालमा आएपछि मतदाता र उम्मेदवारले विरोध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप