बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनवल नगरपालिकाको बजेट ७६ करोड ३३ लाख

बुधबार, १० असार २०७७, १६ : ३७
बुधबार, १० असार २०७७

 नवलपरासीको सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । आज नगर प्रमुख भीम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको नगरपालिकाको ७ आंै नगर सभामा आर्थिक बर्ष २०७७/०७८ को लागि कुल बजेट ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैया अनुमान गरिएको सभामा प्रस्तुत गरिएको छ ।

नगरपालिकाले चालू तर्फ ४० करोड ७२ लाख १२ हजार ५०९ रुपैयाँ र पुँजीगत तर्फ ३५ करोड ६१ लाख  २५ हजार रुपैया अनुमान गरेको बजेट नगर उप–प्रमुख दधिराम अर्यालले सभामा बजेट प्रस्तुत गरेका हुन् । 

बजेटमा नगरपालिकाले आन्तरिक श्रोतबाट १२ करोड ५४ लाख र बाह्य तर्फ ६३ करोड ७९ लाख ३७ हजार ५०९ रूपमा आम्दानी गर्ने अनुमान गरिएको छ । 

नगरपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ५ करोड ३३ लाख  ८५ हजार बिनियोजन गरिएको छ । जस अन्तर्गत शिक्षा विकास तफ १ करोड ४५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १ करोड ४६ लाख रुपैया छुट्टाएको छ । त्यस्तै आर्थिक बिकास तर्फ २ करोड ६१ लाख ९५ हजार बिनियोजन गरिएको छ । जसमा कृषि विकासका लागि १ करोड, पशु सेवा तर्फ ७१ लाख र पर्यटन तर्फ ३७ लाख ५० हजार र सहकारी तर्फ ५३ लाख छुट्याइएको छ । 

त्यसैगरि पुर्वाधार बिकास तर्फ ६ करोड ५५ लाख रुपैया बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा १ करोड ६५ लाख र संस्थागत बिकास तथा शुशासन तर्फ ७६ लाख रुपैया बिनियिजन गरिएको छ । त्यसैगरी क्रोनाले प्रभावित भै सम्पन्न नभएका पुराना योजनाहरुलाइ निरन्तरता दिन १२ करोड ९९ लाख बिनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप