शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनौठो घटनाः आमाबाबु कोरोना नेगेटिभ, भर्खर जन्मेको तिम्ल्याहा भने पोजेटिभ

बुधबार, १० असार २०७७, १५ : २३
बुधबार, १० असार २०७७

मेक्सिकोमा सोमबार जन्मेका तिम्ल्याहा बच्चा कोभिड–१९ को परीक्षणमा पोजेटिभ पाइएका छन् । तर, आमाबाबु दुवैको परीक्षणको नतिजा नेगेटिभ आएको पोटोसी राज्यका स्वास्थ्य सचिवले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरुले यस्तो घटना पहिलो पटक सुनेको र उनीहरु कसरी संक्रमित भए भनेर अनुसन्धान सुरु गरेको छ ।

‘दुवै आमाबाबुको पीसीआर परीक्षणपछि यो घटना हाम्रा स्वास्थ्यकर्मी मात्र नभएर विश्वभरका अनुसन्धानकर्ताहरुका लागि भाइरसको व्यवहार बुझ्नका लागि राम्रो उदाहरण हुनसक्छ,’ स्वास्थ्य सचिव मोनिका लिलियाना मार्टिनेजले भनिन् ।

ती तीन तिम्ल्याहा इग्नासियो मारोनेस प्रीएटो सेन्ट्रल अस्पतालमा समय अगावै जन्मिएका थिए । उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार एक बच्चामा श्वासप्रश्वासको समस्या देखिएपनि समस्या गम्भीर नरहेको बताइएको छ । आमाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।

तिम्ल्याहाको जन्मिएको दिन परीक्षण गर्दा कोरोनाभाइसको संक्रमण देखिएको थियो । दुई बच्चा एक छोरा र छोरीको अवस्था सामान्य रहेको छ भने एक छोरामा भने श्वास प्रश्वासको समस्या देखिएको छ ।

विश्वमा पहिलो पटक यसरी एकभन्दा बढी बच्चा जन्माउँदा एकैपटक संक्रमण देखिएको हो ।

मेक्सिकोमा हालसम्म १ लाख ८५ हजार १२२ जनामा कोरोनाभाइरसको संक्रमण देखिसकिएको छ भने २२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप