बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किम जोङले रोके दक्षिण कोरियाविरुद्धको सैन्य कारवाही

बुधबार, १० असार २०७७, १३ : ४२
बुधबार, १० असार २०७७

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग लगातार बढिहेको तनावका बीच सैन्य कारवाहीको निर्णय स्थगित गर्ने निर्णय गरेका छन् । प्योङ्याङको आधिकारिक समाचार एजेन्सी ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले मंगलबार भिडियो सम्मेलनमार्फत्  यस्तो घोषणा गरेका हुन् ।

किमले सत्तारुढ वर्कर्स पार्टीका केन्द्रीय सैन्य आयोगको बैठकको अध्यक्षता गरे ।

उक्त बैठकमा उत्तर कोरियाका सैन्य नेताको तर्फबाट ल्याइएको दक्षिण कोरियाविरुद्ध सैन्य कारवाहीको योजना स्थगित गर्ने निर्णय गरिएको हो । केसीएनएले उक्त निर्णय किन लिइयो भन्ने जानकारी भने दिएन । उता दक्षिण कोरियाका एकीकरण मन्त्रालयका प्रवक्ता योह सङ कीले उत्तर कोरियाको रिपोर्टमाथि नजिकबाट निगरानी राखेको तर आफूलाई पनि यसबारे कुनै विस्तृत जानकारी नभएको बताए ।

‘सैन्य कारवाही स्थगित गरिएको हो, रद्द होइन’

‘फार इस्टर्न स्टडीज’ का सियोल संस्थानका विशेषज्ञ किम डोङ–यूबले उत्तर कोरिया अब दक्षिण कोरियाको तर्फबाट कुनै कारवाहीको प्रतिक्षा गरिरहेको हुनसक्ने अनुमान गरे  । किम दक्षिण कोरियाका पूर्व सैन्य अधिकारी हुन् जसले अन्तर–कोरियाली सैन्य वार्तामा भाग लिएका थिए ।

उनले भने, ‘यो स्पष्ट हो कि उत्तर कोरियाले आफूले सैन्य कारवाही रद्द नगरी स्थगित मात्रै गरेको जानकारी दिएको छ । यसअघि दुई देशबीच तनाव बढेपछि उत्तर कोरियाले अन्तर–कोरियाली सहयोग स्थलमा सैनिकलाई पठाउने, गार्ड चौको निर्माण गर्न र दक्षिण कोरियासँग जोडिएको सीमामा सैन्य अभ्यास सुरु गर्ने कुरा गरेका थिए । दुई देशबीच सन् २०१८ मा भएको सम्झौतामा यी सबै कदम प्रतिबन्धित थिए । उत्तर कोरियाको यो कदमले सन् २०१८ को सम्झौता अमान्य हुनेछ जसमा दुई देशले एक–अर्काविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधि नगर्ने भनिएको थियो ।’

स्रोतः नवभारत टाइम्स  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप