बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीन र भारतको सेना विवादित सीमाबाट पछि हट्न तयार

बुधबार, १० असार २०७७, १२ : ५८
बुधबार, १० असार २०७७

भारत र चीनको सम्बन्धमा जारी तनावबीच दुई देशका अधिकारीले मंगलबार भारतीय सेना र चिनियाँ सेनाका अधिकारी विवादित जमिनबाट पछि हट्नका लागि तयार भएको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक भारतीय अधिकारीले ‘दुबै पक्षमा पछि हट्नका लागि आपसी सहमति स्थापित’ भएको जानकारी दिएका छन् ।

एजेन्सीका अनुसार सोमबार ११ घण्टासम्म सीमामा चलेको बैठकमा यस्तो नतिजा सार्वजनिक भएको हो ।

यसअघि सीमामा दुबै पक्षबीच १५ जुनमा भएको झडपमा २० सैनिकको मृत्यु भएको थियो ।

त्यसपछि नै भारतमा चीन विरोधी व्यवहार देख्न पाइएको छ । भारतीय नागरिकले चिनियाँ उत्पादनको बहिष्कार गर्नेदेखि सरकारमाथि दबाब बनाउने कोसिससमेत गरिरहेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप