शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि

बुधबार, १० असार २०७७, १० : २५
बुधबार, १० असार २०७७

पुरुषमा कोरोनाका कारण मृत्यु हुने खतरा महिलाकोभन्दा धेरै भएपनि शरीरमा एन्टिबडी बन्ने विषयमा भने उनीहरु अगाडि नै छन् । बेलायतको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी एनएचएसका अनुसार कोरोनाद्वारा संक्रमित पुरुषमा महिलाको तुलनामा धेरै एन्टीबडी बन्ने गर्छ ।

हालै यसबारे अनुसन्धान भएको छ । अनुसन्धानको लक्ष्य कोरोना सर्भाइभरको ब्लड प्लाज्मालाई संक्रमित व्यक्तिमा चढाइए एन्टिबडीले भाइरससँग लड्न कत्तिको सहयोग गर्छ भनेर पत्ता लगाउनु थियो । उनीहरुमा प्रतिरोधी क्षमताको स्तर कति बढ्छ भनेर पनि थाहा पाउने कोसिस गरिएको थियो ।

एनएचएसले सुरु गरेको थियो थेरापी प्रोग्रामः

एनएचएसले हालै कोरोनाका बिरामीका ब्लड एण्ड ट्रान्सप्लान्ट प्रोग्राम सुरु गरेका थिए । ट्रायलको क्रममा संक्रमित पुरुषमा ४३ प्रतिशत र महिलामा २९ प्रतिशत एन्टीबडी विकसित भयो ।

एनएचएसले कोरोना संक्रमणबाट निको भएकाहरुलाई ब्लड प्लाज्मा डोनेट गर्न अपिल गरिरहेको छ ता कि यसलाई कोरोनाका बिरामीमा चढाएर इम्युन रेस्पोन्सलाई बुझ्न सकियोस् ।

धेरैको ज्यान बचाउन सकिनेछः

ब्लड एण्ड ट्रान्सप्लान्ट प्रोग्रामका असोसिएट डायरेक्टर प्रो. डेभिड रोबर्टस्का अनुसार यतिबेला प्लाज्मा दानकर्ताको आवश्यकता छ । आफूहरुले प्लाज्मा दानकर्ताको परीक्षण गरिरहेको उनले जानकारी दिए ।

पुरुषमा एन्टिबडीको स्तर सबैभन्दा धेरै भेटियो । यसको अर्थ यो हो कि हामी धेरैको ज्यान बचाउन सक्छौं ।

एन्टीबडी यसकारण छ आवश्यकः

प्रो. डेविडले भने, ‘संक्रमणको सुरुवातमा तपाईंको प्रतिरोधी क्षमता सेतो रक्त कोसिकासँग मिलेर भाइरललाई मार्ने कोसिस गर्छ । तर जब तपाईं धेरै बिरामी हुनुहुन्छ तब भाइरस नष्ट गर्न प्रतिरोधी क्षमताले धेरै एन्टिबडी पैदा गर्न आवश्यक छ । तसर्थ यो प्रोग्राम असाध्यै महत्वपूर्ण छ ।’

कोरोना बिरामीलाई प्लाज्मा थेरापी दिन सकिनेछः

प्रो. डेभिड भन्छन्, ‘हाम्रो र संसारभरी भइरहेको अनुसन्धानका अनुसार कोभिड–१९ को संक्रमण पुरुषमा बढी भइरहेको छ । त्यसकारण यदि पुरुषले प्लाज्मा डोनेट गर्छन् भने उनीहरु निको हुने सम्भावना पनि धेरै हुन्छ ।’

गत हप्ता कोरोना संक्रमित बिरामीलाई यो ब्लड प्लाज्मा ट्रायल प्रोग्राममा समावेश हुन भनिएको थियो । यदि यो ट्रायल पूर्ण रुपमा सफल भए बेलायतका अस्पतालमा प्लाज्मा थेरापी सुरु गर्न सकिने बताइएको छ ।

 स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप