शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता व्यक्तिमा कोरोनाभाइरसको भ्याक्सिनले समेत काम नगर्ने

बुधबार, १० असार २०७७, ०९ : ४७
बुधबार, १० असार २०७७

कोरोनाभाइरसद्वारा संक्रमित भएर मृत्युको अत्यधिक खतरामा रहेका ज्येष्ठ नागरिकहरुका लागि सम्भवतः कोभिड–१९ को भ्याक्सिन प्रभावकारी नहुन सक्ने बेलायतका वैज्ञानिकले अनुमान गरेका छन् ।

ब्रिटिश सोसाइटी अफ इम्युनोलोजीका अध्यक्ष तथा युसिएलमा इम्युनोलोजी विषयका प्राध्यापक आर्ने अकबरले यसबारे आफ्नो धारणा पोखेका छन् ।

उनले भनेका छन्, ‘एउटा कुरा स्पष्ट छ कि स्वस्थ ज्येष्ठ नागरिकको शरीरमा पनि सामान्यतः इन्फ्लेमेशन बढी हुन्छ । हामीले यो बुझ्न जरुरी छ कि इन्फ्लेमेशन कहाँबाट आउँछ र ज्येष्ठ नागरिकमा यही इन्फ्लेमेशन कमजोरीसमेत अन्य थुप्रै लक्षणको रुपमा देखिने गर्छ । जब तपाईं कोरोना भाइरसद्वारा संक्रमित हुनुहुन्छ तब यो इन्फ्लेमेशन निकै बढ्ने गर्छ । यस्तोमा वैज्ञानिकले इन्फ्लेमेशन आखिर कहाँबाट आउँछ भनेर पत्ता लगाउनुपर्छ । यो एउटा यस्तो कुरा हो जसबारे हामीले आफ्नो बुझाई विकसित गर्नुपर्नेछ ।’

इन्फ्लेमेशन त्यो प्रक्रिया हो जब मानव शरीर कुनै संक्रमण वा समस्यासँग लड्नका लागि बढी मिहिनेत गर्छ ।

अबकरको भनाई उद्धृत गर्दै बेलायती पत्रिका द गार्डियनले भनेको छ, ‘ज्येष्ठ नागरिकलाई भ्याक्सिनका साथै इन्फ्लेमेशन रोक्नका लागि केही अन्य कुरा पनि दिनु पर्नेछ जस्तै स्टेरोइड ड्रग डेक्सामेथासोन जसले भाइरसका कारण पैदा भइरहेको इन्फ्लेमेशनलाई रोक्न सकोस् । यसको मद्दतले कोभिड–१९ द्वारा संक्रमितको ज्यान बचाउन मद्दत पाइएको छ ।’

उनका अनुसार यदि ज्येष्ठ नागरिकलाई भ्याक्सिनका साथै स्टेरोइड ड्रग डेक्सामेथासोन दिइएको खण्डमा भ्याक्सिन थप प्रभावकारी हुनसक्छ ।

यसका साथै उनले थपेका छन्, ‘भ्याक्सिनले युवालाई बढी फाइदा पुर्याउँछ र यो सही हुनेछ किनभने जब युवा भाइरसद्वारा संक्रमित हुँदैनन् भने उनीहरुले आफ्नो घरमा भएका ज्येष्ठ नागरिकसम्म भाइरस फैलाउन सक्नेछैनन् । तर ज्येष्ठ नागरिकलाई यसले सीधा असर पार्ने छैन र उनीहरु ती व्यक्तिमध्ये हुन् जो यतिबेला सबैभन्दा गम्भीर परिस्थितीसँग जुधिरहेका छन् ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप