मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानका १० क्रिकेटर कोरोनाद्वारा संक्रमित

बुधबार, १० असार २०७७, ०६ : ३३
बुधबार, १० असार २०७७

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आफ्नो सात खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

संक्रमित खेलाडीमा फखर जमां, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मौहम्मद रिजवान र वहाब रियाज रहेका छन् ।

यसअघि सोमबार पाकिस्तान क्रिकेट बोर्डले शादाब खान, हारिस रऊफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

अर्थात्, पछिल्लो दुई दिनमा पाकिस्तानमा कूल १० क्रिकेटर कोरोनाद्वारा संक्रमित भएका छन् ।

जुन खेलाडीको परीक्षण नेगेटिभ आएको छ, उनीहरु सबै २८ जूनमा बेलायत प्रस्थान गर्नेछन् । पाकिस्तान क्रिकेट टिमको बेलायतसँग तीन टेस्ट र तीन टी–२० म्याचको रिसिज अगस्टमा प्रस्तावित छ ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या लगातार बढ्दो छ । हालसम्म पाकिस्तानमा एक लाख ८५ हजारभन्दा बढि संक्रमित भइसकेका छन् जबकि तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप