डाबरको ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा
काठमाडौं– महामारीबाट बच्नको लागी उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थान को उचित सरसफाई गर्नु तथा यसलाई किटाणुरहित बनाउनु हो । यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपाल ले ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा ल्याएको छ ।
यो भुईं सफा गर्नको लागी एक उत्कृष्ट फ्लोर क्लिनर भएको र अन्य फ्लोर क्लिनरहरु भन्दा एकदम प्रभावशाली भएको कम्पनीले बताएको छ । बैज्ञानिक परिक्षण अनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुईंलाई चम्किलो र वास्नादार बनाउँदछ । ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर ५०० मी.ली. र १ लिटर को जार रु. १४० र रु. २६५को आकर्षक मूल्यमा बजारमा उपलब्ध छ ।
साथै अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्ता वर्गको माग अनुसार ओडोनिलको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ । यसले हावालाई किटाणु रहित बनाउनुुका साथै वास्नादार पनि बनाउँदछ । १५३ मि.लि. को एयर स्यानिटाइजर रु. २३८मा बजारमा उपलब्ध छ । यसलाई सबै प्रकारका घरहरु, अफिसहरु तथा गोदामहरुमा प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
नेपालमा सांस्कृतिक कूटनीति : जनसम्पर्क बढाउन महोत्सव र मेला
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच