बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्त सिंहको कोठामा किन थिएन ‘स्टुल’ ? के बाहिरबाट बन्द गरिएको थियो ढोका ? यस्तो छ वास्तविकता

मङ्गलबार, ०९ असार २०७७, १२ : ५६
मङ्गलबार, ०९ असार २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहृकाृ छ । सुशान्तको निधन पछि फिल्म इन्डष्ट्रिका केही मानिस र उनका केही प्रशंसकले बलिउड क्षेत्रमा व्याप्त भेदभावका कारण उनले डिप्रेशनमा आएर आत्महत्या गरेका थिए । यसैबीच सोसल मिडियामा यस्ता केहि अफवाह चलेका छन् जसमा सुशान्त सिंहले आत्महत्या नगरेको भन्दै उनको हत्या भएको दाबी गरिएको छ । प्रहरी, पोस्टमार्टम रिपोर्ट र फरेन्सिक एक्सपर्टको रिपोर्टको आधारमा यी दाबीमा कत्तिको वास्तविकता छ भन्ने जानकारी लिने कोसिस गरौं ।

पोस्टमर्टमा रिपोर्टले के भन्छ ?

सुशान्त सिंह राजपूतको पोस्टमार्टम रिपोर्ट स्पष्ट रुपमा लेखिएको छ कि उनको मृत्यु निसास्सिएर भएको हो । मुम्बई प्रहरीले यसको पुष्टि गरेको छ । पासो लगाएर आत्महत्या गरिँदा यस्तो हुनु सामान्य हो । यसबाहेक पोस्टमार्टम रिपोर्टमा कुनै प्रकारको संघर्ष र घाँटी थिचेर मारिएको भनेर उल्लेख गरिएको छैन । तसर्थ पोस्टमार्टम रिपोर्टको आधारमा सुशान्तको हत्या भएको थियो भन्ने दाबी गलत प्रमाणित हुन्छ ।

कोठामा स्टुल किन थिएन ?

केही सोसल मिडिया पोस्टमा सुशान्तले जुन कोठामा आत्महत्या गरेका थिए, त्यसमा कुनै स्टुल वा कुर्सीजीता अग्ला सामान थिएनन् जसमा चढेर आत्महत्या गर्न सकियोस् । प्रहरी स्रोतका अनुसार सुशान्तको कोठामा कुनै स्टुल त थिएन तर उनको खाटमा चढेर पङ्खाको रडमा पासो लगाउन पर्याप्त थियो । मेडिकल र फरेन्सिक एक्सपर्टका अनुसार मृतकको खुट्टा र उनीहरुले जुन वस्तुमा चढेर पासो लगाउने गर्छन्, त्यसबीचको अन्तर निकै कम भएता पनि व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ । सुशान्तको केसमा पनि यस्तै भएको विज्ञको धारणा छ ।

ढोका बाहिरबाट बन्द थियो ?

सुशान्तको हत्या गरेपछि ढोका बाहिरबाट बन्द गरिएको सोसल मिडियामा थुप्रैले दाबी गरेका छन् । प्रहरीले सुशान्तको कोठाको साँचो बनाउने व्यक्तिसँग पनि बयान लिएको छ । साँचो बनाउने व्यक्तिले सुशान्तको कोठाको ढोका भित्रबाट बन्द भएको स्पष्ट रुपमा बयान दिइसकेका छन् । उनका अनुसार ढोकालाई बाहिरबाट धक्का दिएर खोल्ने कोसिस भने गरिएको बताए ।

सुशान्तको घाँटीमा बनेको दागमाथि उठिरहेछ प्रश्नः

सुशान्त सिंहको आत्महत्यापछि उनको एउटा तस्बिर सोसल मिडियामा निकै भाइरल भएको थियो जसमा उनको घाँटीमा रातो रङको गहिरो दाग देखिएको थियो । मानिसहरुले दाग हेर्दा उनको घाँटी थिचेर हत्या भएको आशंका व्यक्त गरेका थिए । प्रहरी स्रोतका अनुसार सुशान्तले एउटा हरियो रङको कपडाले पासो लगाएका थिए जुन सम्भवतः एउटा कुर्ता थियो जुन उनी घरमा बस्दा लगाउने गर्दथे । फरेन्सिक एक्सवर्टका अनुसार पासो लगाएका बेला सुशान्तको घाँटीमा रगत जमेको हुनसक्छ जसका कारण यस्तो गहिरो दाग बनेको हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको कसैको घाँटी चिथेर मारिएको खण्डमा घाँटीमा ‘ओ’ आकारको दाग बन्छ तर सुशान्त सिंहको पोस्टमार्टम रिपोर्टमा बताइए अनुसार उनको घाँटीमा ‘यू’ वा ‘भी’ आकारको दाग बनेको थियो जुन पासो लगाएर आत्महत्या गर्दा बन्ने गर्छ ।

स्रोतः नवभारत टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप