बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अगुएरोको चोटको स्थिति राम्रो देखिँदैन : ग्वार्डिओला

मङ्गलबार, ०९ असार २०७७, ०८ : ४१
मङ्गलबार, ०९ असार २०७७

सोमबार बर्नलीविरुद्ध ५–० को जीत हासिल गर्ने क्रममा घुँडामा चोट लागेर घाइते भएका स्ट्राइकर सर्जियो अगुएरोको ‘स्थिति त्यति राम्रो नदेखिएको’ म्यानेजर पेप ग्वार्डिओलाले बताएका छन् ।

पहिलो हाफको अन्त्यतिर बर्नलीका बेन मीले फल हानेपछि अगुएरो घाइते भएका थिए । उक्त फलमा सिटीले पेनाल्टी पाएको थियो । जसबाट सिटीले आफ्नो दोस्रो गोल पनि गरेको थियो ।

ग्वार्डिओलाले अर्जेन्टिनी खेलाडीको घुँडामा पछिल्लो महिनादेखि समस्या देखिन थालेको पनि खुलासा गरे । ‘समस्या के हो भनेर हामी भोलि थप राम्रोसँग परीक्षण गर्नेछौँ,’ उनले भने, ‘उनले घुँडामा केही महसुस गरे । पछिल्लो महिनादेखि घुँडामा समस्या देखिएको छ । उनले पीडा भयो भनेका छन् । हामी यसबारे हेर्ने छौँ ।’

‘म डाक्टर त होइन, तर यो राम्रो देखिएको छैन,’ उनले थपे ।

खेलमा अगुएरोको स्थानमा ग्याब्रियल जिसुस मैदानमा प्रवेश गरेका थिए । खेलमा सिटी ५–० ले विजयी भएको थियो । सिजन पुनः सुरुवात भएयता सिटीले दुवै खेल जितेको छ । बुधबार सिटीले आर्सनललाई ३–० ले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप