तानसेनमा पहिरोः गाडी पुरिदा तीनको मृत्यु, पहिचान खुल्न बाँकी
बुटवल । पाल्पा तानसेन हार्थोक सडकखण्डमा हिजो सवारी पुरिदा मृत्यु भएकाहरुको अझै पहिचान खुल्न सकेको छैन । सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको थियो ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका–११ सम्मोबारी नजिकै सडकमा रोकिएका चारवटा सवारी बगाएको थियो । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते अवस्थामा उद्धार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा मृत्यु हुने तीन जना पुरुष रहेपनि अझै पहिचान खुल्न नसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गीरीले जानकारी दिए ।
तानसेनबाट रिडीतर्फ जाँदै गरेका गाडीहरु सोही स्थानको जोगीपानीमा खसेको पहिरो पन्छ्याउनका लागि रोकेर राखिएको थियो । सडकमा रोकेर राखिएका लु १ च ७०४३ नम्वर पिकअप जिप, लु.१ प.१९२८ नम्वरको पानी ट्याङ्कर, लु.२ ख १३७६ नम्वरको ट्रक सडकदेखि तल खसेको र लु १ च ७०११ नम्वरको कार बाटोमै पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । सडक तलबाट प्रहरीले दुई जनाको शव निकालेको थियो ।
सुरक्षा निकायका व्यक्तिहरु राति अवेरसम्म उद्धारमा खटेपनि माथिबाट पहिरो खसिरहेको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र