शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसको संक्रमणबाट इराकका चर्चित फुटबल खेलाडीको निधन

सोमबार, ०८ असार २०७७, १६ : ०९
सोमबार, ०८ असार २०७७

कोरोनाभाइरसको संक्रमणका कारण इराकका चर्चित फुटबल खेलाडी अहमद राधीको निधन भएको छ । उनी ५६ वर्षका थिए ।

राजधानी बगदादस्थित एक अस्पतालमा उनको निधन भएको हो । गत हप्तामात्र उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

इराकको राष्ट्रिय फुटबल टोलबिाट खेल्दै उनले सन् १९८२ र १९९७ को बीचमा ६२ गोल गरेका थिए ।

सन् १९८६ मा उनले बेल्जियमविरुद्ध एक गोल गरेका थिए । विश्वकपमा इराकको त्यो पहिलो र एक मात्र गोल थियो । यस खेलमा उनको टोली १–२ गोल अन्तरले पराजित भएको थियो । तर, अहमद राष्ट्रिय हिरो बनेका थिए ।

सन् १९८८ मा उनी एसियन प्लेयर अफ द ईयर चुनिएका थिए ।

इराकमा अहिलेसम्म २ लाख ९० हजार बढी संक्रमित फेला परेका छन् भने १ हजार बढीको संक्रमणबाट मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप