मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टुर्गानद्वारा नयाँ ल्याउन लागिएको पर्यटन ऐनमा सरकारलाई सुझाव

सोमबार, ०८ असार २०७७, १४ : ०४
सोमबार, ०८ असार २०७७

काठमाडौं। टुर्गानले सरकारले ल्याउन लागेको नयाँ पर्यटन ऐनमा  सुझाव दिएको छ।  टुर्गानका अध्यक्ष केदार तामाङसहित पदाधिकारीहरुले आज संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई केही बुँदाहरु संशोधनसहितको सुझाव पत्र बुझाएका हुन् । 

टुर्गानले छलफलको क्रममा रहेको पर्यटन विधेयकको दफा ३१ मा रहेको नगर गाईड भन्ने शब्द खारेजी गरि पर्वतीय पथपर्दशक, सांस्कृतिक पर्यटक पथपर्दशक, पदयात्रा पथपर्दशक वा स्थानीय पथपर्दशक तथा अन्य यस्तै वर्गीकरण गर्न, पर्यटक पथपर्दशकको नवीकरण गर्दा कुनै प्रकारको पुनर्ताजगी तालिम लिएको र टुर्गानको सिफारिस आवश्यक पर्ने व्यवस्था सहितको ऐन ल्याउन सुझाएको छ। 

त्यस्तै, विदेशी नागरिक पथपर्दशकको रुपमा कार्य गर्न नपाउने अस्पष्ट रहेको र उक्त विषय स्पष्ट हुने गरी यस्तो कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था गर्न र कुनै संस्थाले अनाधिकृत ब्यक्तिलाई पथपर्दशकको काम लगाएमा पचास हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न भनेको छ। 

मन्त्री भट्टराईले सुझावलाई सकारात्मक रुपमा लिएको भन्दै ऐनमा समावेश गर्ने आश्वासन दिए । 

सरकारले ४२ वर्षपछि नयाँ पर्यटन ऐन ल्याउन ल्याउन लागेको हो । वि.सं २०३५ सालमा ल्याइएको ऐन अहिलेसम्म कार्यान्वयनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप