शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – जर्ज पाँचौ बने बेलायतको राजा

सोमबार, ०८ असार २०७७, ०६ : ५३
सोमबार, ०८ असार २०७७

आज जुन २२ । आजैका दिन बेलायतमा महाराजा जर्ज पाँचौले राज्यभिषेक गरेका थिए । सन् १८६५ जन्मिएका जर्ज पाँचौ आफ्ना बाबु इडवार्ड आठौँको मृत्युपछि ६ मेइ, १९१० मा राजा बनेका थिए । त्यसको एक महिना २ हप्तापछि आयोजित राज्याभिषेकमा विभिन्न युरोपेली देशका सम्राट तथा बेलायती उपनिवेशअन्तर्गतका भू–भागका विभिन्न शाही परिवार तथा उनीहरुका प्रतिनिधि उपस्थित थिए ।

जर्ज जन्मदाँ उनकी हजुरबामा भिक्टोरिया बेलायतकी महारानी थिइन् र उनले आफु राजा हुन्छु भने चिताएका थिएनन् किनकी उनका बाबुपछि गद्दीको उत्तराधिकारी उनका दाजु थिए । जर्जको नाम भने गद्दीको उत्तराधिकारीका रुपमा तेस्रो नम्बरमा थियो । तर दाजु प्रिन्स अल्बर्ट भिक्टोरको असामयिक निधनपछि उनी उत्तराधिकारी बनेका थिए ।

जर्ज पाचौँको शासनकालमा युरोपमा समाजवाद, कम्युनिजम, फासीवाद, आईरिस गणतन्त्रवाद, भारतीय स्वतन्त्रता संग्रामलगायतको उदय भयो ।  यी सबै घटनाले राजनीतिक परिदृश्यलाई नाटकीय रुपमा बदल्यो । सन् १९११ को संसदीय ऐनले हाउस अफ लर्ड्सको साटो निर्वाचित ब्रिटिस हाउस अफ कमन्सलाई नै सर्वोच्च बनायो ।

पहिलो विश्वयुद्धपछि उनका आफन्त रुसका सम्राट र जर्मनीमा सम्राट गद्दीबाट च्युत भए, जबकी यही समय बेलायती सम्राज्यले आफ्नो साम्राज्यलाई निकै बिस्तार ग¥यो । २० जनवरी १९३६ मा उनको मृत्युपछि जेठा छोरा इडवार्ड आठौँले राजगद्दी सम्हाले ।

सन् १८४४ – येल विश्वविद्यालयमा डेल्टा कप्पा एप्सिलन सोसाइटीको स्थापना भयो ।

सन् १९३२–  बलिउडका चर्चित कलाकार अमरिश पुरीको जन्म । १२ जनवरी २००५  मा पुरीको निधन भयो ।

सन् १९४१– दोस्रो विश्वयुद्धमा जर्मनीद्वारा सोभियत युनियनमाथि आक्रमण ।

सन् १९४४– अमेरिकाद्वारा सेवानिवृत सैनिकहरुको सहयोगका लागि कानून निर्माण ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप