शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टेबुल टेनिसको मुख्य प्रशिक्षकमा ढुंगेल

आइतबार, ०७ असार २०७७, १७ : १०
आइतबार, ०७ असार २०७७

राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस खेलको मुख्य प्रशिक्षकको जिम्मेवारी सन्जिवकुमार ढुंगेललाई दिएको छ । निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । 

४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् ।     गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुंगेल नेपालको प्रशिक्षण टोलीमा थिए, १३ औं सागमा नेपालले टेबुल टेनिसमा १ रजत ४ कांस्य पदक जितेको थियो ।

ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप