शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घाइते प्रहरीको मृत्यु

आइतबार, ०७ असार २०७७, १४ : २३
आइतबार, ०७ असार २०७७

दाङ । दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आज मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहका अनुसार तुलसीपुरबाट दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्रयाक्टरले आइतबार अपराह्न ठक्कर दिएको थियो । 

तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुमलगढीमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते चौधरीको टाउको र छातीमा चोट लागेको थियो । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम), सोमनाथ निवासी चौधरी आफन्तका घरमा जाने क्रममा दुर्घटनामा परेका थिए । मोटरसाइकलमा सवार २२ वर्षीय शर्मिला चौधरीको भने सामान्यावस्था छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप