शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – इरानमा भूकम्पबाट ४० हजारको मृत्यु

आइतबार, ०७ असार २०७७, ११ : ४२
आइतबार, ०७ असार २०७७

आज २१ जुन । सन् १९९० मा आजैका दिन ईरानमा प्रलयकारी महाभूकम्प आयो । ७ दशमलव ४ म्याग्नेच्युडको यो भूकम्पको केन्द्रविन्दु राजधानी तेहरानदेखि उत्तरपश्चिमतर्फ थियो र यसले देशका अधिकांश इलाकामा क्षति पु¥याएको थियो । त्यसमध्ये, रुद्बर, लोसान र मन्जिलमा अत्यधिक क्षति भयो ।  यस भूकम्पमा झन्डै ४० हजारको मृत्यु भएको अनुमान गरिन्छ । त्यस्तै ६० हजारदेखि १ लाखभन्दा धेरै मानिस घाइते भएका थिए । ५ लाख जनाभन्दा धेरै घरबारविहीन भए ।  इरानको भूगर्भ विभागले गरेको अनुमानअनुसार तत्कालीन समय ८ बिलियन डलर बराबरको आर्थिक क्षति भयो ।

अन्य घटनाक्रम

१९७५– वेस्ट इन्डिजलाई पहिलो विश्वकप उपाधि ।

२०१२– अफ्रिकी देशबाट अस्ट्रलियातर्फ गइरहेको डुंगा डुब्दा ९० आप्रवासी मृत्यु ।

२०१५– पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाइयो । संयुक्त राष्ट्रसंघमा भारतको पहलमा झन्डै संसारका सबै देश स्वस्थ रहनका लागि योगको प्रवद्र्धन गर्न सहमत ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप