मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टाल्सटायले पाएको ज्याला

आइतबार, ०७ असार २०७७, १० : ४२
आइतबार, ०७ असार २०७७

एक दिन रुसका विख्यात साहित्यकार लियो टाल्सटाय गाउँलेको जस्तो पोसाक लगाएर स्टेसनमा गाडीको प्रतीक्षा गरिरहेका थिए ।

एउटी महिलाले उनलाई साधारण किसान ठानेर भनिन्, ‘यता हेर्नू त, मेरा श्रीमान् त्यो अगाडिको होटलमा हुनुहुन्छ । तिमीले उहाँलाई यो चिठ्ठी दिएर आउनू है । यो काम गर्न म तिमीलाई दुई आना पैसा दिन्छु, लौ लिनू ।’

ज्यालाको रुपमा पाइएको पैसा लिएर टाल्सटायले चिठ्ठी पुर‍्याएर त्यहीँ फर्केर आए ।

एकछिनपछि एक जना धनी व्यक्ति त्यहाँ आए । उनले टाल्सटायसँग अत्यन्त सम्मानका नम्रतापूर्वक कुरा गर्न थाले ।

ती महिलाले यी सब दृश्य हेरिरहेका थिइन्, छक्क पर्दै । उनले आफूले काममा लगाएको व्यक्तिबारे सोधखोज गर्न थालिन् । सोधखोजको क्रममा उनले थाहा पाइन्, त्यो गाउँलेजस्तो देखिने मानिस त लियो टाल्सटाय पो रहेछन् !

त्यसपछि ती महिला लाजले रातोपिरो भइन् । उनले टाल्सटायको नजिक गएर माफी माग्न थालिन् । अनि आफूले ज्यालाको रुपमा दिएको पैसा फिर्ता मागिन् ।

टाल्सटायले हाँसेर जवाफ दिए, ‘बहिनी, यो त मैले काम गरे बापत पाएको ज्याला हो । यो पैसा म कसरी फिर्ता दिन सक्छु र ?’

Title Photo: https://live.mrf.io

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप