शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेलिगेशनबाट जोगिन संघर्षरत ब्राइटनसँग आर्सनल स्तब्ध

आइतबार, ०७ असार २०७७, ०९ : ०९
आइतबार, ०७ असार २०७७

इन्जुरी समयमा नियल माउपेले निर्णायक गोल गरेपछि रेलिगेशनबाट बच्न संघर्षरत ब्राइटन एन्ड होभ आल्भियनसँग आर्सनल २–१ ले स्तब्ध बनेको छ । इन्जुरी समयको पाँचौ मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई सन् २०२० को पहिलो जीत दिलाएका हुन् ।

खेलमा अग्रता भने आर्सनलले लिएको थियो । खेलको ६८ औँ मिनेटमा निकोलास पेपेले आर्सनलका लागि गोल गरेका थिए । तर, लेविस डंकले बराबरी गोल फर्काएका थिए ।

माउपेको निर्णायक गोलपछि आर्सनलले लगातार दोस्रो खेलमा पराजय भोग्न बाध्य बन्यो । यसअघि, आर्सनल बुधबार म्यान्चेस्टर सिटीसँग ३–० ले पराजित भएको थियो ।

पराजयसँगै आर्सनल प्रिमियर लिगको १० औँ स्थानमा खस्किएको छ । ब्राइटन भने लिगको १५ औँ स्थानमा रहेको छ ।

शनिबार नै भएका अन्य खेलमा वाटफोर्ट र लेस्टर सिटीले १–१ को बराबरी खेले भने वुल्भरह्याम्पटन वान्डरर्सले वेस्टह्यामलाई २–० गोल अन्तरले पराजित गर्यो । उता, क्रिस्टल प्यालेसले पनि बोर्नेमाउथलाई २–० ले पराजित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप