बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबले राष्ट्रव्यापी कर्फ्यू हटाउँदै

आइतबार, ०७ असार २०७७, ०७ : २१
आइतबार, ०७ असार २०७७

साउदी अरबले आइतबारदेखि राष्ट्रव्यापी कर्फ्यू हटाउने घोषणा गरेको छ । कर्फ्यू हटेपनि अझै पनि थुप्रै प्रतिबन्ध भने लागू गरिने बताइएको छ ।

प्रशासनका अनुसार हालका लागि आर्थिक र व्यावसायिक गतिविधि सुरु हुने तर अन्तरराष्ट्रिय यात्रा र धार्मिक यात्रामाथि लागेको प्रतिबन्ध भने जारी रहनेछ ।

साउदी अरबले अहिलेसम्म जुलाईमा सुरु हुने हज यात्राका लागि कुनै घोषणा गरेको छैन ।

यद्यपि, मलेशिया र इन्डोनेशियाजस्ता थुप्रै देशले आफ्नो जनतालाई हज यात्रामा जान अनुमति नदिने बताइसकेका छन् ।

हजको वार्षिक धार्मिक यात्राका लागि हरेक वर्ष २५ लाख श्रद्धालु मक्का शहर जान्छन् ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार साउदी अरबमा हालसम्म १ लाख ५४ हजार २ सय ३३ संक्रमित देखिएका छन् भने यहाँ १२ सय ३० को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप