शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईबाट एक सय ६८ नेपाली लिएर नेपाल उड्यो जहाज, कोभिड-१९ परीक्षण निशुल्क

शनिबार, ०६ असार २०७७, १३ : ३५
शनिबार, ०६ असार २०७७

युएई। कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ६८ जना नेपाली आज नेपाल फर्किएका छन्। एयर अरेबियाको जि ९-१७५१ मार्फत युएईको शारहजाबाट स्थानीय समयअनुसार बिहान ११:०५ बजे एक सय ६८ जना स्वदेश फकिएका हुन् । 
फर्कनेहरुमा १ शिशु सहित २६ महिला र बाँकी पुरुष रहेका रहेका छन्।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेकाहरु छन्।उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्किएका हुन्। उनीहरुलाई शारहजा विमानस्थलमा नै निःशुल्क कोभिड-१९ परीक्षण गरिएको छ।

उनीहरुको बिदाइको लागि नेपाली दूतावासका आबुधावीका श्रम सहचारी मोतिराम भुसाल,श्रम काउन्सिलर निर्मला थापा विमानस्थल पुगेका थिए।साथै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष बिकास शाही पनि विमानस्थल पुगेका थिए। 

हिजो नेपाल एयरलाइन्स मार्फत यूएईबाट ९४ जना गर्भवती महिला सहित १ सय ४८ जना स्वदेश फर्किएका थिए। जहाजमा एक जनाको शव समेत रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप