बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा वर्षाबाट १६४ को मृत्यु

बिहीबार, २२ भदौ २०७४, १८ : ४८
बिहीबार, २२ भदौ २०७४

इस्लामावाद – पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाजन्य दुर्घटनाका कारण करिब १ सय ६४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस वर्षको सुरुदेखि जुनको अन्त्यसम्ममा पाकिस्तानभर भएका वर्षासँग सम्बन्धित घटनामा १ सय ६४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय ६७ घाइते भएका छन । 

यस घटनमा परी ४ सय ४० घर ध्वस्त भएको पाकिस्तान प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीहरुले बुधबार जानकारी दिएका छन। पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध र पूर्वीप्रान्त पञ्जाव यस प्रकोपबाट बढी मात्रामा प्रभावित भएको बताइएको छ । 

ती प्रान्तहरुमा जुन महिनाको अन्तिम हप्तामा मात्र ३८ व्यक्ति हताहत भएका एनडिएमएले जनाएको छ । यस अबिरल वर्षाको कारण सयौँ व्यक्ति घरवार बिहिन भएका र कैयौलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ । 

एनडिएमए र प्रान्तीय सरकारको संयुक्त प्रयासमा प्रभावित इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ । एडिएमएका अनुसार सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीमा फसेका व्यक्तिलाई उद्धार गर्न तीनवटा डुंगासमेत पठाइएको बताएको छ । 

पास्तिानमा हरेक वर्ष जुन महिनामा मनसुनी वर्षा सुरु हुने र सामान्यतया यसको अन्त्य सेप्टेम्बरमा हुने गरेको छ । यस समयावधिमा विभिन्न इलाकामा भारी वर्षा हुने र यसबाट बाढीको प्रकोपले सताउने गरेको छ । सन् २०१० मा भारी वर्षापछि आएको भीषण बाढीको कारण खैबर पाख्तुनख्वा, पञ्जाव र सिन्ध प्रान्तमा एक हजार ५४० व्यक्तिको मृत्यु भएको थियो । 

सो बाढीका कारण पाँच लाख ५७ हजार घर ध्वस्त भएका र ६० लाख व्यक्ति विस्थापित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप