बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमण दर बढेको भन्दै गोदावरी नगरपालिका क्षेत्रका बजार बन्द

शनिबार, ०६ असार २०७७, १० : ५१
शनिबार, ०६ असार २०७७

 कोभिड–१९ को संक्रमण दर बढेको भन्दै गोदावरी नगरपालिका क्षेत्र आसपासका बजार पूर्णरुपमा बन्द गरेको छ । गोदावरी नगरपालिकाले आज एक अपिल प्रकाशित गर्दै बजार बन्दको घोषणा गरेको हो ।

बजार बन्दमा अत्तरिया उद्योग वाणिज्य संघको समेत समन्वय रहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देबकोटाले रातोपाटीलाई जानकारी दिए ।

गोदावरी क्षेत्रमा कोभिड–१९ को संक्रमण दर बढेको र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय पुरुषको मृत्यु समेत भएकाले अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक साधनबाहेक बैङ्क तथा वित्तीय संस्था र बजार बन्द गरिने नगरपालिकासँग सहमति भएको उनले बताए ।

शुक्रबार मात्र गोदावरी नगरपालिका वडा नं १ मा ३ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको बताउदै अध्यक्षय देबकोटाले स्थिति सहज नहुँदासम्म बन्द जारी रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप