सुदूरपश्चिममा एकै दिन १७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
कैलाली । एकै दिन थप १ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रिय संंंक्रमितको संख्या ६ सय ४२ पुगेको छ । शुक्रबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षणबाट १ सय ५१, सेती प्रादेशिक अस्पतालबाट १२, भेरी अस्पतालबाट १ र महाराजगञ्ज अस्पतालको प्रयोगशालाबाटको गरिएको परीक्षणबाट ७ जारी गरी १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएकामध्ये कैलालीका ४१ पुरुष र १४ महिला, कञ्चनपुरका १ पुरुष, अछामका ६ पुरुष र २ महिला, बैतडीका ६० ुपरुष र ८ महिला, बाजुराका ८ पुरुष छन् । त्यसैगरी डडेल्धुराका ९ पुरुष, डोटीका १६ पुरुष र ३ महिला, बझाङ्गका २ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।
यस अघि नै १२४ जना संक्रमित निको भई घर गईसकेका छन भने ४ जना संक्रमितको मृत्यु भई सकेको छ । यो प्रदेशमा हाल सम्म १०२४५ जनाको पिसिआर बिधिवाट जाच गरिएका मध्ये ९४७५ जनामा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । ४७५९ जनाको रिपोट आउन बाँकी छ र पोजिटभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । आरडिटी बिधिवाट ८६५१५ जनामा परीक्षण गरेको छ ।
कोभिड–१९ का संक्रमित मध्ये हालसम्म अछाममा ५९, बैतडीमा १२०, बझाङ्गमा १९, बाजुरामा ६९, डडेल्धुरामा १३१, दार्चुलामा १२, डोटीमा ५७, कैलालीमा २०८, कञ्चनपुरमा ९५ गरी ७७० जना फेला परेका छन् । यसमध्ये १२४ जना निको भई घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।
३०२१२ पुरुष र ६९९३ जना महिला क्वारेन्टिनमा रहेका छन् । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ४० र संक्रमित १४० गरी १८० जनाको उपचार भईरहेको उनले वताए । ४४३ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा १७, टिकापुरमा २३, महाकालीमा ३५, अछाममा १०, बझाङ्गमा १, डोटीमा ३, बाजुरामा २, डडेल्धुरामा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु