शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा आइएसका १८ लडाकू मारिए

बिहीबार, २२ भदौ २०७४, १८ : ४३
बिहीबार, २२ भदौ २०७४

काबुल – अफगानिस्तानको फर्याब प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा १८ जना लडाकू मारिएको समाचार छ । मारिएकामा आइएस संगठन आवद्ध लडाकू परेका प्राप्त समाचारमा जनाइएको छ । सो क्षेत्रमा आइएसका क्रियाकलाप बढ्दो रुपमा रहेको पाइएको सूचनाका आधारमा अफगान सेनाले कारबाही थालेको थियो । 

बिहीबार बिहान गरिएको उक्त कारबाहीका क्रममा ती लडाकू मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जानकारी दिएको छ । 

कैयौँ विस्फोटक पदार्थ निष्क्रिय 

यसैबीच प्राप्त एक अर्को समाचारमा गत २४ घण्टामा अफगान सैनिकले गरेको सैन्य कारबाहीमा ९० वटा बारुदी सुरुङ्ग र विस्फोट पदार्थ निष्क्रिय पारिएको अफागान गृह मन्त्रालययले बिहीबार जनाएको छ । 

अफगान राष्ट्रिय सैनिकको एक समूहले गत २४ घण्टाभित्र अफगानिस्तानमा गरेको कारबाहीमा बारुदी सुरुङ्ग, सडककिनारमा राखिएका बमलगायतका ९० वटा विस्फोटक पदार्थ निष्क्रिय पारिएको छ । 

अफगानिस्तानमा जारी द्वन्द्वको कारण यस बर्षको सुरुदेखि छ महिनाभित्र एक हजार ६६० व्यक्तिको मृत्यु हुनुको साथै तीन हजार ५८० व्यक्ति घाइते भएका अमेरिकाको लागि संयुक्त राष्ट्रसंघीय मिसनले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप