शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

शनिबार, ०६ असार २०७७, ०६ : ४१
शनिबार, ०६ असार २०७७

वि.सं.२०७७ साल आषाढ ०६ गते । शनिबार । ईश्वी सन् २०२० जुन २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– चतुर्दशी,१५ घडी ५४ पला,बिहान ११ बजेर ३२ मिनेट उप्रान्त औंसी । नक्षत्र–रोहिणी,१७ घडी ५४ पला,मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त मृगशिरा । योग– शूल,२५ घडी ३० पला,दिउसो ०३ बजेर २२ मिनेट उप्रान्त गंड । करण– शकुनि,बिहान ११ बजेर ३२ मिनेट उप्रान्त चतुष्पद,बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त नाग । आनन्दादिमा– श्रीवत्स योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला । दर्शश्राद्ध। निशि बार्ने औंसी। सायन सूर्य कर्कट राशिमा प्रवेश।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बचन पूरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपाईंदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन्भने पछि पश्चाताप हुनेछ । पढाइ  लेखाइमा ध्यान नदिए अरुभन्दा पछि परिनेछ । अरुका लागि समय र श्रम खर्च हुने हुँदा आफ्नो काम थाति रहनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

रोकिएर बसेका कामहरु सम्पादन गर्न सकिनेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले तथा नचाहदा नचाहदै टाडिनु पर्दा मनमा नरमाइलो लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

घर परिवारबाट सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडी बढ्दा मनग्ने फाइदा हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । कृषि क्षेत्रमा लगानी गर्नाले आगामी दिनहरुका आम्दानी गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

घर परिवारबाट सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडी बढ्दा मनग्ने फाइदा हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुँदा मन प्रशन्न हुनेछ । कृषि क्षेत्रमा लगानी गर्नाले आगामी दिनहरुका आम्दानी गर्न सकिनेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययनमा प्रविधिको प्रयोग गरि प्रतिस्पर्धीहरुलाई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाइ लेखाइमा मिहिनेत गरे अनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला नराम्रो घट्ना हुनसक्छ । मायाप्रेममा एक अर्काबीच नचाहदा नचाहदै छुट्टिनु पर्दा नरमाईलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा नताको आलोचनात्मक समर्थन रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपाईंदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भीरता अपनाउनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउनेहरुले रुपैयाँपैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अविस्वास बढ्ने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । विद्यामा प्रविधिको प्रयोग गर्नुहोला ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डिपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र ।

चाबहील,काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्वन्धीत जानकारिको लागी अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप