शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपरेशन गर्न आएकी महिलाको मृत्युपछि लहानमा तनाव

शुक्रबार, ०५ असार २०७७, १४ : ४०
शुक्रबार, ०५ असार २०७७

सिरहा, ५ असार । सिरहाको लहानस्थित  लिला मदन पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको ज्यान गएको छ । पोलिक्लिनिकका डाक्टरको लापरवाहीले महिलाको ज्यान गएको पीडित परिवारको आरोप रहेको छ ।

सप्तरीको खड्ग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै प्रसूतिको अपरेशन गरिएको पारिवारिक स्रोतले जनाएका छन् । अपरेशनको दुई वटा टाँका चुडेपछि खातुनलाई पीडा भएको थियो । पेट दुखेपछि पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप रहेको छ । 

दोस्रोपटक अपरेसनमा लापरबाही भएकोले खातुनको ज्यान गएको परिवारजनको भनाइ छ । खातुनको मृत्यु लगत्तै क्लिनिकका डाक्टर डा. दिलिप साह फरार रहेका छन् । अहिलेसम्म उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए । घटना लगतै पोलिक्लिनिकका सञ्चालक पीडित परिवारलाई मिलाउने प्रयास गरिरहेका छन् । 

अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले घटनाको अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप