शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट र बारामा सुरक्षाकर्मीद्वारा ११ लाखको तस्करीको सामान बरामद

शुक्रबार, ०५ असार २०७७, १० : ००
शुक्रबार, ०५ असार २०७७

रौतहट र बाराका सुरक्षाकर्मीले तस्करीका माध्यमाले नेपाल भित्र्याएको तथा यताबाट अवैधरुपमा भारत लैजानलागेको सामान धमाधम बरामद गर्न थालेका छन् ।

रौतहट र बाराका नेपाल प्रहरी सशस्त्र प्रहरीले तीन दिनभित्र ११ लाख बराबरको अबैध सामान, ३ मोटरसाइकल र एकजना तस्करलाई पक्राउ गरेको हो ।

रौतहट र बारामा सुरक्षाकर्मीकै मिलोमतोमा तस्करी हुँदै समाचार प्रकाशन भएपछि दुबै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय बनेका छन् ।

पछिलो तीनदिन भित्र रौतहटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँचलाख बढीको बिभिन्न सामान, एकजना तस्कर र ३ थान तस्करीमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाही र प्रहरीचौकी मठियाको टोलीले ना ६५ प ५५४९, ना १० प ३९१५ र बिआर ०५ जेड ६३०२ नम्बरको मोटरसाईकल र २ लाख ३१ हजार तीन सय ५० रुपैयाँ मुल्य बराबरको विभिन्न  तस्करीको सामान बरामद गरेको गरेको छ ।

साथै तस्करीमा संलग्न बारा सिम्रौनगढ नगरपालिका–७ जानकी टोलका ३२ बर्षिय चुनुराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान पछि अभद्र व्यवहार मुद्दा अन्तरगत कारवाही सुुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवा बंकुलको टोलीले दुई दिनमा ३ लाख बराबरको अबैध कपडा तथा हार्डवेयरका सामान बरामद गरेको रौतहट सशस्त्र प्रमुख एसपी रविनराज कर्णजितले बताएका छन् ।

बरामद कपडा र मोटरसाईकल आवश्यक कारवाहीको लागी आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको रौतहट प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिएका छन् ।

उता, बारामा पनि सशस्त्र प्रहरीको टोलीले हिजोमात्र झण्डै ६ लाख मूल्य बराबरको छोकडा नेपालबाट भारत तर्फ लैजाने क्रममा बरामद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप