शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा एकै दिन २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ०५ असार २०७७, ०८ : ३१
शुक्रबार, ०५ असार २०७७

कैलाली । एकै दिन २२४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा क्रियाशील संंक्रमितको संख्या ४ सय ८४ पुगेको छ । बिहीबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट १ सय ९९, सेती प्रादेशिक अस्पताल २४ र भेरी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट १ जना गरी २ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ४ सय ८४ पुगेको छ । यसअघि नै १ सय ११ जनामा संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पुष्टि भएका मध्ये कैलालीका २५, कंचनपुर २०, अछाम ३०, बैतडी २५, बाजुरा ४१, डडेल्धुरा ८३ जना रहेका जनाइएको छ ।

सामाजिक विकास मन्त्रालय अन्त्रगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

यो प्रदेशमा हालसम्म ९९५३ जनाको पीसीआर विधिवाट जाच गरिएका मध्ये ९३५४ जनामा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

४१७५ जनाको रिपोट आउन बाँकी छ र पोजिटभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । कोभिड–१९ का संक्रमित मध्ये अछाममा  ५१, बैतडीमा ५२, बझाङ्गमा १६, बाजुरामा ६१, डडेल्धुरामा १२३, दार्चुलामा १२, डोटीमा ३८, कैलालीमा १५३, कञ्चनपुरमा ९४ गरी ५ सय ९९ जना संक्रमित रहेका छन् । जसमध्ये १११ जना निको भइ घर गएका छन् र ४ जनाको मृत्यु पश्चात अब संक्रमित सक्रिय संख्या ४ सय ८४ रहेको स्वास्थ्य महाशाखा प्रमुख  कार्कीले बताए ।

आरडिटी बिधिवाट ८२ हजार ८३७ जनामा परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३३०२५ पुरुष र ७४४७ जना महिला रहेको उनले बताए । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ४५ र संक्रमित ११९ गरी १६४ जनाको उपचार भइरहेको उनले वताए । ४३५ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा २२, टिकापुर २३, महाकाली,३५, अछाम १०, बझाङ्ग १, डोटी ३, बाजुरा २, डडेल्धुरा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप