शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : अमेरिकाले जासुसीको अभियोगमा दियो रोसेन्वर्ग जोडीलाई मृत्युदण्ड

शुक्रबार, ०५ असार २०७७, ०७ : ४०
शुक्रबार, ०५ असार २०७७

आज १९ जुन । सन् १९५३ मा अमेरिकाको आणविक हतियारसम्बन्धी गोप्य सूचना सोभियत युनियनलाई उपलब्ध गराएको आशंकामा न्युर्योकस्थित सिंग सिंग जेलमा जुलियस रोसेनवर्ग र उनकी श्रीमती इथेल रोसनवर्गलाई  मृत्युदण्ड दिइयो । मर्नुअघि दुबैले कुनै गलत काम नगरेको भन्दै आफु निर्दोष रहेको दाबी गरेका थिए । शान्तिको समय सुराकीको आरोपमा मृत्युदण्ड दिइएका उनीहरु पहिलो अमेरिकी नागरिक थिए र यो घटना अहिले पनि अमेरिकामा विवादमै छ ।

१२ मे सन् १९१८ मा न्युर्योकमा जन्मिएका जुलियस रोसेनवर्ग अमेरिकी सेनाको सिग्नल कर्पस्मा इन्जिनियर थिए । उनकी श्रीमती इथेल सेक्रेटरीका रुपमा काम गर्थिंन् । योङ कम्युनिष्ट लिगको सदस्य हुँदा उनीहरुको भेट भएको थियो, सन् १९३९ मा विवाह गरेको यो दुई छोराका अभिभावक थिए ।

गोप्य औँठीमार्फत आणविक बमको गोप्य सूचना सोभियत युनियनलाई सुराकी गरेको अभियोगमा १७ जुन १९५० मा जुलियस र त्यसको दुई महिनापछि इथन रोसेनवर्ग पक्राउ परे । इथलका भाइ तथा पूर्व सैनिक डेभिड ग्रिनग्रासको बयानपछि उनीहरु पक्राउ परेका थिए । यस घटना आफू पनि संलग्न रहेको ग्रिनग्रासको बयान थियो, उनलाई १० वर्ष जेल सजाय दिइयो ।

रोसेनवर्ग जोडीले आफू निर्दोष रहेको बारम्बार बतायो । ६ मार्च सन् १९५१ पछि सुरु भएको उनीहरुको अदालती सुनुवाईले मिडियामा पनि ठूलै चर्चा पाएको थियो । ५ अप्रिल १९५१ मा उनीहरुलाई मृत्युदण्ड दिने फैसला अदालतले सुनाएको थियो । त्यसपछि उनीहरुलाई सिंग सिंग बन्दीगृहमा दुई वर्षसम्म राखियो ।

यस अवधिमा उनीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको विषय बने । केही व्यक्तिको बुझाइमा उनीहरु अमेरिकामा विद्यमान कम्युनिष्ट विरोधी भावनाको शिकार भएका थिए । उनीहरुलाई मृत्युदण्ड नदिन माग गदै प्रदर्शन पनि भएका थिए ।

अन्य घटनाक्रम

सन् १८४३– जुली जेनी इड्लीसँग समाजशास्त्री कार्ल माक्र्सको विवाह

सन् १९४५– म्यानमारकी नेतृ आन सान सुकीको जन्म ।

सन् १९४८– सोभियत संघद्वारा पश्चिम बर्लिनतर्फ जाने सडक बन्द गर्ने निर्णय ।

१९६८ – मार्टिन लुथर किङको नेतृत्वमा आर्थिक न्याय माग्दै अमेरिकामा भएको प्रदर्शनका क्रममा ५० हजार मानिस सडकमा ।

१९७०– भारतको विपक्षी पार्टी कंग्रेस आईका नेता राहुल गान्धीको जन्म ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप