मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या १ लाख ६० हजार, मृतक ३ हजार

बिहीबार, ०४ असार २०७७, २३ : ०७
बिहीबार, ०४ असार २०७७

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजारभन्दा बढी पुगेको छ ।  त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या तीन हजारभन्दा बढी भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कुल सङ्क्रमित मध्ये ५९ हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन् । पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ८२ हजार १२ जनाको कोरोना परीक्षण गरिसकिएको छ । तीमध्ये ३१ हजार ५०० जनाको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको हो ।  

स्वास्थ्य अधिकारीहरूले पाकिस्तानमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ११८ रहेको जनाएका छन् ।  त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पाकिस्तानमा अहिलेसम्म कुल तीन हजार ९३ जनाको मृत्यु भएको उनीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै सङ्क्रमित पन्जाब प्रदेशमा रहेका छन् । पन्जाबमा अहिलेसम्म ६० हजार १३८ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा ५९ हजार ९८३ जना सङ्क्रमित रहेका छन् । 

उनीहरुका अनुसार खैबर पाख्तुख्वामा १९ हजार ६१३ जना, केन्द्रीय राजधानी रहेको इस्लामावादमा नौ हजार ६३७ जना, बालुचिस्तानमा आठ हजार ७९४ जना, गिल्गित बाल्टीस्तानमा एक हजार २१३ जना र पाकिस्तान नियन्त्रीत काश्मिरमा ७४० जना सङ्क्रमित भएका छन् ।  विश्वभरी नै कोरोनाभाइरस विरुद्धको औषधि किटान भइनसकेको भन्दै आफ्नै तरिकाले औषधि सेवन नगर्न पनि सरकारी स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप