शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी गर्भवतीलाई परिवारले दिएनन् शल्यक्रियाको अनुमती, उठाइन् यस्तो कदम

बिहीबार, २२ भदौ २०७४, १७ : ००
बिहीबार, २२ भदौ २०७४

चीनको शानक्सी क्षेत्रमा एक सनसनीपूर्ण मामलाको पर्दाफास भएको छ । यहाँकी एक २६ वर्षीया ‘मा’ नामक एक गर्भवती महिलाले यसकारण आत्महत्या गरिन् किनभने उनको परिवारले शल्यक्रियाका लागि उनलाई अनुमती दिएनन् ।

यस्तो छ पूरा घटनाः

एक वेबसाइट अनुसार मा ४२ हप्ताकी गर्भवती थिइन् । पछिल्लो ३० अगस्टमा उनलाई अचानक पीडा हुन थाल्यो । हतारमा उनलाई यूलीन नम्बर–१ अस्पतालमा भर्ना गराइयो । डाक्टरले उपचारपश्चात् उनको तुरुन्त डेलिभरी गराउनुपर्ने बताए । तर केही जटिलताका कारण डाक्टरले उनको सन्तानको जन्म प्राकृतिक तरिकाले नहुने भन्दै शल्यक्रिया गराउनुपर्ने बताए ।

डाक्टरले उनका परिवारलाई शल्यक्रियामार्फत सन्तान जन्माउन सल्लाह दिए । आमा शल्यक्रियाका लागि तयार भइन् तर उनको परिवारका अन्य सदस्य भने यसका लागि तयार भएनन् । वास्तवमा, चीनियाँ कानून अनुसार कुनै पनि डाक्टरले परिवारको अनुमती बिना शल्यक्रिया गर्न सक्दैनन् । मा र अस्पतालका कर्मचारीले उनको परिवारलाई सम्झाउने कोसिस गरे तर उनीहरु मानेनन् । डाक्टरका अनुसार जब उनको परिवार तयार भएनन् तब गत चार सेप्टेम्बरमा मा ले २० औं तल्लाबाट हाम फालेर आफ्नो ज्यान दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप