बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : युरोपमा नेपोलियन युगको अन्त्य

बिहीबार, ०४ असार २०७७, ०८ : ५८
बिहीबार, ०४ असार २०७७

१८ जुन, सन् १८१५ मा बेल्जियमको वाटरलुमा फ्रान्सेली सम्राट नेपोलियनले अन्तिम युद्ध लडे । यस युद्धमा बेलायत, रुस, पर्सिया, अस्ट्रिया र हंगेरीको संयुक्त फौजसामु फ्रान्स पराजित भयो । त्यसपछि मित्र राष्ट्रहरुले नेपोलियनलाई कैदीका रुपमा सेन्ट हेलेना टापू पठाए । जहाँ ५२ वर्षको उमेरमा सन् १८२१ मा उनको निधन भयो ।

५ अगस्ट १७६९ मा जन्मिएका नेपोलियन डि बोनापार्ट एक कुशल सैन्य रणनीतिकार तथा सैन्य शासक हुन् । उनले आफ्नो जीवनमा धेरै युद्ध जिते । १८०४ देखि १८१४ सम्म फ्रान्सको सम्राट छँदा उनले युरोपमै आफ्नो प्रभूत्व कायम राखे । तर, १८१३ मार्चदेखि एक वर्षभन्दा लामो समय चलेको लामो युद्ध हार्ने निश्चित भएपछि ११ अप्रिल १८१४ मा अस्ट्रिया, रुस र पर्सियासँग फ्रान्सको फोन्टेनब्लुमा नेपोलियनले सम्झौता गरे । यो सम्झौतामा नेपोलियनले फ्रान्समा शासन छाड्ने र उनलाई इल्बा टापूमा बस्ने व्यवस्था मिलाइने उल्लेख थियो ।

सम्झौताअनुसार फ्रान्समा सत्ता छाडेपनि नेपोलियन र उनकी श्रीमतीको सम्राट र साम्राज्ञीको संवैधानिक ताज कायमै रहने उल्लेख थियो । तर, नेपोलियनका सन्तान भने यस्तो उपाधि र फ्रान्समा शक्ति हासिल गर्न विमुख रहने उल्लेख थियो । यस सन्धीपछि फ्रान्समा फेरि बोर्वन वंशका राजालाई नै फर्काइयो । केही समय इल्बामा बसेपनि नेपोलियन सधैंँ चुप रहन सकेनन् । १ मार्च सन् १८१५ मा इल्बाबाट १५ सय सैनिकसहित निस्किएका नेपोलियनले २० मार्चसम्म पेरिस कब्जा गरिसकेका थिए । तर छोटो समयमै फेरि विदेशी गठबन्धनसँग फेरि वाटर लु युद्ध भयो । यस युद्धले युरोपमा ‘नेपोलियन युग’ अन्त्य ग-यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप