बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निजी अस्पताललाई कोरोना परीक्षण गर्न नदिँदा बिरामीलाई आर्थिक भार थपियो : ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी

बुधबार, ०३ असार २०७७, २२ : २२
बुधबार, ०३ असार २०७७

स्वास्थ्य उपचार गर्न आउने बिरामी कोरोना संक्रमित भए–नभएको पत्ता नलगाइ उपचार गर्दा झन् जोखिम बढ्ेको निजी अस्पतालहरुले गुनासो गर्न थालेका छन् । सरकारले स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न निजी क्षेत्रलाई दिने निर्णय गरे पनि आप्mना अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहज रुपमा सेवा दिन नसक्ने नियम सरकारले ल्याएको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी बताउँछन् ।

सरकारले निजी क्षेत्रलाई एक जनाको स्वाब परीक्षण गरे वापत ५५ सय रुपैयाँ दिने घोषणा गरेको छ । ‘तर हाम्रो अस्पतालमा सेवा लिन आएका बिरामीको स्वाब संकलन गरेर परीक्षण गर्न पाइँदैन्,’ उनले भने, ‘यसरी अस्पतालमा सेवा लिन आएको स्वाब संकलन गरेर परीक्षण गर्न बाहिर पठाउँदा बिरामीको समस्या समाधान हुँदैन ।’

आकस्मिक रुपमा अस्पतालमा उपचार गर्न आएका बिरामीको अप्रेसन गर्न पर्ने, अप्रेसन गर्ने बिरामीलाई ज्वारो रुघा खोकी लागे पनि अस्पतालले स्वाब संकलन गरेर परीक्षण गरेर तत्काल उपचार गर्न नपाएपछि बिरामी र अस्पताल दुबैले समस्या झेल्नुपर्ने स्थिति आउँछ ।

हाल अस्पतालमा उपचार गर्न आएका बिरामीलाई कोरोना संक्रमण भएको आशंका लागेर स्वाब संकलन गरेर सरकारी अस्पताल तथा प्रयोगशाला पठाएको ३/४ दिनपछि नतिजा आउने गर्छ । बिरामीको नतिजा नेगेटिभ आएमा राम्रो भयो तर पोजेटिभ आएको खण्डमा अस्पताल तथा बिरामीका आफन्तलाई समस्या छ । सरकारले निजी क्षेत्रलाई कोरोना परीक्षण गर्न बन्देज लगाउँदा दिनमा १/११ वटासम्म अप्रेशन गर्ने अस्पताललाई समस्या भएको छ ।

‘विश्व स्वास्थ्य संगठन र सरकारको मापदण्डलाई आधार मानेर स्वास्थ्यकर्मीले सुरक्षात्मक सामाग्री पीपीई लगाएर बिरामीको उपचार संलग्न छन्,’ उनी भन्छन्, ‘कोरोना संक्रमण भए नभएका सबै खालका बिरामीलाई पीपीई पहिरिएर उपचार गर्दा बिरामी र अस्पताललाई ठूलो आर्थिक भारमा परेको छ ।’

आकस्मिक तथा अन्य उपचार गर्न आउने बिरामीलाई निजी अस्पतालले आफै स्वाब संकलन गरी परीक्षण गरेर नतिजाको आधारमा उपचार गर्दा बिरामीको उपचार खर्च आधा घट्छ । एउटा अप्रेसनगर्न ८/१० जना लाग्न सक्छ । ‘अप्रेसनमा संलग्न सबैले फूल पीपीई लगाउन प-यो,’ उनले भने, ‘अप्रेसन गर्दा प्रयोग गरिने धेरै प्रकारका मेसिनलाई संक्रमण रहित बनाउदा बिरामीको लागत खर्च बढ्छ ।’

अझ आईसीयुमा राखेर उपचार गर्ने बिरामीको स्वाब संकलन गरेर पठाएको नतिजा समयमै नआउदा मर्कामा परेका छन् ।

संक्रमित भेटिदैमा अस्पताल बन्द गर्न हुँदैन

महामारीको समयमा स्वास्थ्य उपचारको लागि सरकारी निजी अस्पताल भनेर छुटाउन नहुने भण्डारी बताउँछन् । ‘निजी अस्पतालले राष्ट्रमा संकट परेको बेलामा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । कोरोना संक्रमणको महामारीसँग लड्नका लागि हरेक स्वास्थ्यकर्मी र अस्पतालको कर्तव्य हो,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनले महामारी फैलिएपछि उपचारको लागि बनाएको प्रोटोकललाई आधार मानेर बिरामीको उपचारमा संलग्न भएमा कोरोना संक्रमित अस्पतालमा भेटिए भन्दैमा अस्पतालका कक्ष तथा अस्पताल सिल गर्ने स्थिति नआउने उनी बताउँछन् सक्छ ।

‘कोरोनाबाट भागेर अस्पतालहरु अगाडि बढ्न सक्दैनन् । त्यसैले कोरोनासँगजुध्दै उपचारमा संलग्न हुनुपर्छ,’ उनले भने । ह्याम्स अस्पतालमा जेठ २० गत ेभर्ना भएका कास्कीका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएसँगै भेन्टिलेटरमा राखेर उपचार गरेर कोरोनामुक्त भएपछि ३० गते डिस्चार्ज गरिएको थियो ।डाक्टर ,नर्स तथाअन्यकर्मचारीलाई संक्रमण भएको छैन् भने अस्पतालको सुचारु छ ।

पीसीआर परीक्षण र उपचार गर्न तयार 

सरकारले निजी क्षेत्रलाई पीसीआर परीक्षण गर्न निर्देशन लागु भएमा ह्याम्स अस्पताल तयार रहेको प्रमुख भण्डारी बताउँछन् । सरकारले निजी क्षेत्रलाई पीसीआर परीक्षण गर्न निर्देशन दिएको एक हप्ता भित्र सुरु गर्छ । दुई महिना अघिदेखि विश्व स्वास्थ्य संगठनको गाइडलाइन पालना गरेर अस्पतालले स्वास्थ्यउपचार गरेको छ । भण्डारीले ह्याम्स अस्पतालसँग अप्ठारो अवस्थामा उपचार गर्नका लागि ३० वटा आईसोलेसन बेड रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप