बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा दक्षिणको प्रस्ताव खारेजः सैनिकलाई पुनः सीमामा पठाउने

बुधबार, ०३ असार २०७७, १४ : १३
बुधबार, ०३ असार २०७७

उत्तर कोरियाले बुधबार दक्षिण कोरियाको तनाव कम गर्न विशेष दूत पठाउने प्रस्ताव अस्विकार गर्दै सहमतिको प्रयास रोकेको छ । यतिमात्रै होइन, उत्तरले सीमावर्ती क्षेत्रमा आफ्ना सैनिक पुनः तैनाथ गर्ने जानकारी समेत दिएको छ ।  

सन् २०१८ मा शान्ति सम्झौतापश्चात् बनाएको सम्पर्क कार्यालय बमले उडाएको भोलिपल्ट उत्तर कोरियाको यस्तो घोषणा राज्य सञ्चालित समाचार माध्यम केसीएनएमा सार्वजनिक भएको हो ।

क्रस–बार्डर शान्ति सम्झौता भंग गर्ने चालिएको कुनै पनि कदम दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनको उत्तरसँगको दिगो मेलामिलापलाई बढाउन गरिएको प्रयासलाई ठूलो धक्का लाग्नेछ ।

गत सोमबार मूनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग इउ–योंग र जासुसका प्रमुख सु हुनलाई आफ्ना विशेष दूतका रुपमा पठाउन आग्रह गरेको केसीएनएले बताएको छ । तर उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले ‘निकै चलाखीपूर्ण र भद्दा प्रस्ताव अस्विकार’ गरेको केसीएनएले जानकारी दिएको छ  ।

‘उत्तर कोरिया र दक्षिण बीचको वर्तमान संकटको समाधान दक्षिण कोरियाली अधिकारीहरुको असक्षमता र गैरजिम्मेवारीका कारण असम्भव छ र यो उचित मूल्य नचुकाएसम्म समाप्त गर्न सकिँदैन,’ केसीएनएले बताएको छ ।

स्रोतः रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप