शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दबंगका निर्देशक कश्यपले बलिउडको पोल खोलेः भने, ‘ सलमान खानको परिवार विषालु सर्पको टाउको’

बुधबार, ०३ असार २०७७, ०९ : ५७
बुधबार, ०३ असार २०७७

अनुराग कश्यपका भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक अभिनव कश्यपले फेसबुकमा एउटा लामो पोस्ट लेख्दै सुशान्त सिंह राजपूतको आत्महत्याको विस्तृत अनुसन्धान माग गरेका छन् । साथै उनले बलिउडमा आफ्नो कडा अनुभवबारे पनि जानकारी दिएका छन् । उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीमाथि मानिसहरुको करियर बर्बाद गरेको आरोप लगाए । साथै, सलमान खानको परिवारमाथि पनि गम्भीर आरोप लगाए ।

सुशान्तबारे उनले लेखेका छन्, ‘म सरकारसँग एक विस्तृत अनुसन्धान सुरु गर्न अपिल गर्दछु । तिम्रो आत्माले शान्ति पाओस् सुशान्त सिंह राजपूत... ओम शान्ति... तर तिम्रो लडाईं जारी रहनेछ... ।’

उनले थपे, ‘सुशान्त सिंह राजपूतको आत्महत्याले एउटा ठूलो समस्या उजागर गरेको छ, यसको सामना हामीमध्ये धेरैले गरिरहेका छौं । एक व्यक्ति आत्महत्या गर्न कसरी बाध्य हुन्छ ? मलाई डर छ कि उनको मृत्यु मीटू आन्दोलनजस्तो एउटा ठूलो हिमखण्डको एउटा सानो हिस्सा हो जसले बलिउडलाई अत्यधिक तनावमा पारेको थियो ।’

ट्यालेन्ट कम्पनीले करियर बर्बाद पारिदिन्छः

त्यसपछि उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीलाई कठघरमा उभ्याउँदै सुशान्तको मृत्युको मामिलामा त्यसको भूमिकाको अनुसन्धान गर्न माग गरे । उनले लेखे, ‘सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा अधिकारीले यशराज फिल्म्स ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीको भूमिकाका पनि अनुसन्धान गर्नुपर्छ । उनीहरुले मानिसको करियर बनाउँदैनन् । उनीहरुले करियर र जीवन दुबै बर्बाद पारिदिन्छन् ।’

हामीमध्ये सबै नाङ्गो छौं, जो छैनन्, उनीहरुलाई पनि बनाउः

‘एक दशकसम्म व्यक्तिगत रुपमा तनावमा भएपछि म विश्वासका साथ भन्न सक्छु कि हरेक ट्यालेन्छ म्यानेजर र बलिउडका सबै ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी कलाकारका लागि मृत्युको पासो हो । उनीहरु सबै मूल रुपमा सुकिला मुकिला दलाल हुन् र सबैजना यसमा समावेश छन् । उनीहरु सबैको एउटा अघोषित आचार संहिता छ जसको उनीहरु पालना गर्नेगर्छन् । उनीहरुको एउटा सजिलो मन्त्र छ, ‘हामीमध्ये सबै नाङ्गो छौं, जो छैनन्, उनीहरुलाई पनि नाङ्गो बनाउ, किनभने एकजना पक्राउ परे सबैजना पक्राउ पर्नेछन् ।’

तोडिदिन्छन् कलाकारको आत्मविश्वासः

अभिनवले थपे, ‘सुरुमा ट्यालेन्ट स्काउट (कास्टिङ डायरेक्टर्स आदि० कट÷कमिशनमा काम गर्दै एक शिकारको रुपमा मुम्बईबाट बाहिर एउटा यस्तो ट्यालेन्ट खोज्छन् जसको कनेक्सन र सम्पत्ति छ । त्यसपछि ती प्रतिभालाई सेलिब्रिटीसँग भेटाउने नाममा बलिउड पार्टी र रेष्टुरेन्टमा बोलाइन्छ । यस्तो पार्टीमा उनीहरुमाथि नजरअन्दाज गरिन्छ र उनीहरुमाथि अत्यधिक खराब व्यवहार गरिन्छ । त्यसपछि उनीहरु आफूलाई उपेक्षित महसुस गर्छन् र उनीहरुको आत्मविश्वास गुम्ने गर्छ ।’

साइन गराउँछन् थुप्रै वर्षको सम्झौताः

‘एकपटक जब आत्मविश्वास गुम्छ तब स्काउटले उनीहरुलाई बलिउडका शिकारीबाट बचाउने नाममा थुप्रै वर्षको सम्झौता अफर गर्छन् । जुन एकपटक हस्ताक्षर गर्दा तोड्नु आर्थिक रुपमा अत्यधिक क्षति व्यवहोर्नुपर्ने हुन्छ । यसको बदलामा भारी जरिवाना पनि तोकिन्छ । यसमाथि हस्ताक्षर गराउनका लागि विभिन्न प्रकारको तरिका अपनाइन्छ र कलाकारलाई उक्त सम्झौतामा हस्ताक्षर नगरे निकै कम विकल्प बाँकी भएको महसुस गराइन्छ । ’

‘एकपटक कलाकारलाई हस्ताक्षर गरेपछि ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीले उनीहरुलाई निकै बाँधिएको मजदुरजस्तो काम लगाउँछन् । यदि उनीहरुले बहादुरी देखाएर उनीहरुको जालोबाट फुत्किन बाध्य भएछन् भने पनि उनीहरुलाई निकै व्यवस्थित रुपमा बहिष्कार गरिन्छ । त्यसपछि उनीहरु राम्रो भविष्यको आशामा अर्को एजेन्सी पुग्छन् तर त्यस्तो हुन सक्दैन ।’

कोही वेश्यावृत्ति र एस्कोर्ट सर्भिससँग जोडिन्छन्ः

‘त्यो राम्रो भविष्य कहिले पनि आउँदैन र अर्को एजेन्सीले पनि उनीहरुसँग ठ्याक्कै त्यस्तै व्यवहार गर्छन् । त्यसपछि केहि वर्षभित्रै कुनै पनि कलाकारको आत्मविश्वास टुट्ने गर्छ, त्यसपछि उनीहरु कि आत्महत्या गर्छन्, कि वेश्यावृत्ति वा एस्कट (पुरुष) सर्भिसलगायतको काममा संलग्न हुन्छन् । उनीहरुको प्रयोग बलिउडबाहेक कर्पोरेट जगत् र राजनीतिक हस्तीको अहंकार र उनीहरुको यौन भोक मेटाउनका लागि गरिन्छ ।’

मैले कुरा मानिनँ, मलाई धम्काइयोः

अभिनव कश्यपले लेखे, ‘दबंगको १० वर्षपछि यो हो मेरो कहानी । यसै कारणले मैले १० वर्ष अघि दबंग–२ बनाउन पछि हटेँ किनभने अरबाज खानले सोहेल खान र आफ्नो परिवारसँग मिलेर मेरो करियर नियन्त्रण गर्ने कोसिस गरे र यसका लागि हरेक तरिका अपनाउँदै मलाई धम्की दिए ।’

अरबाज–सोहेलले मेरो काम बन्द गरिदिएः

उनले आरोप लगाउँदै लेखे, ‘अरबाज खानले श्री अष्टविनायक फिल्म्सका प्रमुख राज मेहतालाई फोन गरेर मेरा अन्य प्रोजेक्ट रोकिदिए । साइनिङ अमाउन्ट फिर्ता गरेपछि म वायकम पिक्चर्ससँग जोडिएँ । तर त्यहाँ पनि उनले त्यहि गरे र यसपटक सोहेलले वायकमका सिइओ विक्रम मलहोत्रासँग कुरा गरे । मैले ७ करोडको आफ्नो साइनिङ अमाउन्ट पछि ९० लाख ब्याजसहित फिर्ता गर्नुपर्यो ।’

मलाई लगातार धम्की दिइयोः

उनले थपे, ‘केही वर्षमा मेरा सबै प्रोजेक्ट रोकियो र मलाई लगातार मार्ने  र परिवारका सदस्यलाई बलात्कार गर्ने धम्की दिइयो । यसैकारण मेरो मानसिक स्वास्थ्य नराम्रोसँग प्रभावित भयो र मेरो सम्बन्धविच्छेद भयो । त्यसपछि सन् २०१७ मा जब मैले प्रहरीमा उजुरी दिने कोसिस गरेँ तब उनीहरुले रिपोर्ट लेख्न अस्विकार गरे । मेरो ऊजुरीमा अहिले पनि कुनै कारवाही भएको छैन, मसँग अहिले पनि सबै प्रमाण छ ।’

सलमानको परिवार विषालु सर्पको टाउकोः

उनले लेखे, ‘पछिल्लो १० वर्षमा मेरा दुश्मन को हुन् भनेर मैले चिनिसकेको छु । उनीहरु सलिम खान, सलमान खान, अरबाज खान र सोहेल खान हुन् । यहाँ थुप्रै साना माछा पनि छन् तर सलमान खानको परिवार विषालु सर्पको टाउको हो । कसैलाई डर धम्की दिन उनीहरु अवैध धन, राजनीतिक शक्ति र अन्डरवर्ल्ड सम्बन्धको मिश्रणको प्रयोग निकै चतुर्याइँका साथ गर्छन् ।’

अन्तिममा उनले आफ्नो मेसेजलाई धेरैभन्दा धेरै मानिसहरुमाझ सेयर गर्न र यसलाई फरवर्ड गर्न अपिल पनि गरे ।

My appeal to the Government to launch a detailed investigation. Rest in peace Sushant Singh Rajput… Om Shanti.. But...

Posted by Abhinav Singh Kashyap on Monday, 15 June 2020

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप