शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा एक बालिकामा डेङ्गु सङ्क्रमण

मङ्गलबार, ०२ असार २०७७, १९ : ३१
मङ्गलबार, ०२ असार २०७७

प्युठान । प्युठान नगरपालिका – ६ की एक ६ वर्षीयामा डेङ्गु सङ्क्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । बालिकाको  जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि आज बुटवल सिफारिश  गरिएको अस्पतालले जनाएको छ । 

गत वर्ष असोजमा एक  र कात्तिकमा दुई गरी तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी  राजन केसीले जानकारी दिए ।  मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा अमृत पन्थीले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप