शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिनाउमा फेरि खस्यो जिप, ६ जना घाइते

मङ्गलबार, ०२ असार २०७७, १७ : २३
मङ्गलबार, ०२ असार २०७७

बुटवल । बुुटवल तानसेन सडक खण्डको सिद्दबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार प्रदेश ३ ०१ २२ च ४५२२ नम्बरको डबल क्याप जीप भीरबाट खस्दा ६ जना घाइते भएका हुन् । ६ जनालाई नै उपचारका लागि बुटवल ल्याइएको छ ।

घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिकाका हुन् । घाइते हुनेमा दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल रहेको प्रहरीले जनाएको छ । जिप सिद्धबाबा मन्दिरदेखि ५० मिटर उत्तर सडकबाट तिनाउ खोलामा खसेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ । केही दिनअघि पनि सिद्दबावाबाटै अर्को कार तिनाउ नदिमा खस्दा १ जनाको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप