मन्त्री गुरुङको निर्देशनमा ६ बालकको उद्धार
काठमाडौं । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट ५ जना र ठिमीबाट १ जना गरी ६ जना बालकको उद्धार गरिएको हो ।
उद्धार गरेलगत्तै उनीहरुको पुनर्स्थापना केन्द्रमा व्यवस्थापन गरिएको पनि परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए । लकडाउनका बेला भक्तपुरमा पनि सडकमा बालकहरु बेवारिसे अवस्थामा भेटिएको खबर आउने वित्तिकै मन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको उद्धार गरी व्यवस्थापन गर्न परिषदलाई निर्देशन दिएका थिए । त्यसलगत्तै सडकमा भेटिएका ती बालकहरुको असार १ गते उद्धार गरी संरक्षणका लागि आवश्यक व्यवस्था परिषदले मिलाएको हो ।
लकडाउनको यस अवधिमा काठमाडौं उपत्यकाभित्र ४१ जना र उपत्यका बाहिर ३२ जना गरी जम्मा ७३ जना सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषदले जनाएको छ ।
यसैबीच, मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा ‘१०४’ मा तत्काल खबर गर्न सबैलाई पुनःआग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन